२६ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावितका लागि ‘भिल’ले गर्‍यो १ करोड रुपैयाँ सहयोग ३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदै सामाजिक सञ्जालमा ‘घण्टी’को फोटो राखेकाहरुबाटै बलात्कार र ज्यान मार्ने धम्की आइरहेको छ, सरकारले तत्काल कारबाही… बैंक सञ्चालक, पदाधिकारी र कर्मचारीमाथिको सजायसम्बन्धी व्यवस्था संशोधन गर्न अर्थ समितिको निर्देशन अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रधानमन्त्रीको प्रतिबद्धता सरकारले दाउरा खोजी भात पकाएर खाउ भनोस्, ग्यासकै लागि मन्त्री फेर्दै नहिँडोस्ः आशिका तामाङ रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा रहेका बाढीपीडितको तत्काल अस्थायी पुनस्र्थापना गर्न माग आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछः मन्त्री पोखरेल



अ+ अ-

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताउनुभएको छ ।

मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयको समन्वयमा आज जनकपुरधाममा आयोजित राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि सुझाव तथा पृष्ठपोषण कार्यक्रममा उहाँले समयानुकूल र विद्यार्थीको आवश्यकताअनुसार पाठ्यक्रम परिमार्जनको गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

हालको पाठ्यक्रममा व्यापक परिमार्जन आवश्यक देखिएकाले कार्यदल गठन गरी देशव्यापीरूपमा सरोकारवालाबाट सुझाव सङ्कलन भइरहेको जानकारी दिँदै मन्त्री पोखरेलले प्राप्त सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गरी आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइने बताउनुभयो ।

“अहिले कृत्रिम बौद्धिकता (एआई) को व्यापक प्रयोग भइरहेको अवस्थामा यसलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्ने विषयलाई पनि पाठ्यक्रममा समेट्नुपर्छ,” मन्त्री पोखरेलले भन्नुभयो, “किताबी ज्ञानभन्दा विद्यार्थीलाई व्यावहारिक र प्राविधिक शिक्षा दिनेगरी नयाँ पाठ्यक्रम निर्माण गर्न सुझाव सङ्कलन भइरहेको छ ।”

कक्षा १ देखि १२ सम्मकै पाठ्यक्रम परिमार्जन गरिने भएकाले नयाँ पाठ्यक्रम निर्माणमा शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षाविद् तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालाको सुझाव महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो ।

सरकारले व्यापक छलफल र सुझाव सङ्कलन गरेर मात्र पाठ्यक्रम निर्माण गर्न लागेको बताउँदै उहाँले सबै पक्षलाई रचनात्मक सुझाव दिन आग्रह गर्नुभयो । विद्यालय शिक्षासँग सम्बन्धित समस्या समाधान गर्न सरकारले छिट्टै विद्यालय शिक्षा ऐन ल्याउने तयारीसमेत गरिरहेको उल्लेख गर्दै मन्त्री पोखरेलले ऐन निर्माण भएपछि विद्यालय तहमा देखिएका विभिन्न समस्या समाधान हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले नेपालको शिक्षा प्रणाली सुधारका लागि सङ्घीय सरकारसँग समन्वय र सहकार्य गर्दै अघि बढ्न प्रदेश सरकार तयार रहेको बताउनुभयो । शैक्षिक रूपमा मधेस प्रदेश पछाडि परेको उल्लेख गर्नुहुँदै उहाँले शिक्षाको स्तर उकास्न प्रदेश सरकारले विशेष प्रयास गरिरहेको जानकारी दिनुभयो ।

शिक्षा क्षेत्रको सुधारका लागि तीनै तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो । विद्यालय तहदेखि नै गुणस्तरीय शिक्षा सुनिश्चित गर्न प्रदेश सरकारले आवश्यक नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखेको उहाँको भनाइ थियो ।

कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीले राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि गठित कार्यदलले काम गरिरहेको जानकारी दिनुभयो । सरोकारवालाबाट प्राप्त सुझावका आधारमा पाठ्यक्रममा आवश्यक परिमार्जन गरी प्रभावकारीरूपमा कार्यान्वयन गरिने उहाँले बताउनुभयो । कार्यक्रममा शिक्षक, विद्यार्थी तथा शिक्षा क्षेत्रका विभिन्न निकायका प्रतिनिधिको सहभागिता थियो ।

कार्यक्रममा सहभागी सरकोकारबालाहरूले विद्यालय शिक्षाको गुणस्तर सुधार, प्रविधिमैत्री शिक्षा, व्यावहारिक तथा प्राविधिक ज्ञान, कृत्रिम बौद्धिकताको प्रयोगलगायत विषयमा सुझाव तथा पृष्ठपोषण दिएका थिए ।




भर्खरै