२६ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावितका लागि ‘भिल’ले गर्‍यो १ करोड रुपैयाँ सहयोग ३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदै सामाजिक सञ्जालमा ‘घण्टी’को फोटो राखेकाहरुबाटै बलात्कार र ज्यान मार्ने धम्की आइरहेको छ, सरकारले तत्काल कारबाही… बैंक सञ्चालक, पदाधिकारी र कर्मचारीमाथिको सजायसम्बन्धी व्यवस्था संशोधन गर्न अर्थ समितिको निर्देशन अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रधानमन्त्रीको प्रतिबद्धता सरकारले दाउरा खोजी भात पकाएर खाउ भनोस्, ग्यासकै लागि मन्त्री फेर्दै नहिँडोस्ः आशिका तामाङ रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा रहेका बाढीपीडितको तत्काल अस्थायी पुनस्र्थापना गर्न माग आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त



अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विश्व विजय पराजुलीलाई आफ्नो मानवीय मामिला सल्लाहकार नियुक्त गर्नुभएको छ ।

अर्थ मन्त्रालयका अनुसार २०८३ भदौ २४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार पराजुलीलाई आगामी मंसिर मसान्तसम्मका लागि अवैतनिक सल्लाहकारका रूपमा नियुक्त गरिएको हो ।

भोटेकोशीमा आएको विनाशकारी बाढीपछि मन्त्रालयले निर्वाह गर्नुपर्ने मानवीय हित तथा राहत र पुनर्स्थापनासम्बन्धी कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले छोटो अवधिका लागि पराजुलीलाई सल्लाहकार नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।

पराजुलीले संयुक्त राष्ट्रसंघ (यूएन) मा लामो समय काम गरेको अनुभव रहेको छ । विपद्पछिको मानवीय राहत, पुनर्स्थापना तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका क्षेत्रमा उहाँको अनुभव उपयोगी हुने अपेक्षा मन्त्रालयले गरेको छ ।

मन्त्रालयका अनुसार पराजुलीको विज्ञता र अन्तर्राष्ट्रिय अनुभवले विपद् प्रभावित क्षेत्रमा मन्त्रालयबाट सञ्चालन हुने मानवीय कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

मन्त्री वाग्लेले पराजुलीलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै उहाँको सफल कार्यकालको शुभकामना दिनुभएको छ ।




भर्खरै