२६ भाद्र २०८३, शुक्रबार
,
Latest
राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदै सामाजिक सञ्जालमा ‘घण्टी’को फोटो राखेकाहरुबाटै बलात्कार र ज्यान मार्ने धम्की आइरहेको छ, सरकारले तत्काल कारबाही… बैंक सञ्चालक, पदाधिकारी र कर्मचारीमाथिको सजायसम्बन्धी व्यवस्था संशोधन गर्न अर्थ समितिको निर्देशन अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रधानमन्त्रीको प्रतिबद्धता सरकारले दाउरा खोजी भात पकाएर खाउ भनोस्, ग्यासकै लागि मन्त्री फेर्दै नहिँडोस्ः आशिका तामाङ रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा रहेका बाढीपीडितको तत्काल अस्थायी पुनस्र्थापना गर्न माग आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछः मन्त्री पोखरेल अमेरिकीकी कार्यवाहक राजदूत बोल्डिनद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेटवार्ता रसुवा–भोटेकोशी बाढीको सहयोग विवरण सार्वजनिक गर्न अर्थ मन्त्रालयले ल्यायो पोर्टल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद कार्कीको प्रश्न– संविधानमा लेखिएको मौलिक हक र नागरिकले पाउने व्यवहारिक सेवामा यति दुरी किन ?



अ+ अ-

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोषिमा कार्कीले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति सरकार र अस्पताल प्रशासनको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद कार्कीले प्रसव पीडामा रहेकी महिलालाई तत्काल अस्पतालमा भर्ना गरी सुरक्षित प्रसूतिको व्यवस्था गर्नुपर्नेमा अस्पताल परिसरबाहिरै बच्चा जन्माउनुपर्ने अवस्था आउनु दुःखद् र गम्भीर विषय भएको बताउनुभयो ।

उहाँले संविधानले स्वास्थ्य, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सुनिश्चित गरेको भए पनि नागरिकले व्यवहारमा त्यसको अनुभूति गर्न नसकेको बताउँदै सरकारसँग जवाफ माग्नुभयो ।

राजविराज नगरपालिका–१४ पर्साही निवासी हरेराम पासवानकी श्रीमती बबिता पासवानलाई सुत्केरी व्यथा लागेपछि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल लगिएको थियो । तर, उपचारका लागि आवश्यक रकम नभएको भन्दै अस्पतालले तत्काल भर्ना गर्न अस्वीकार गरेको बताइएको छ । पासवानसँग त्यसबेला २ हजार ५ सय रुपैयाँ मात्रै रहेको र सोही कारण अस्पतालले भर्ना लिन नमानेको दाबी गरिएको छ ।

सांसद कार्कीले प्रसव पीडामा रहेकी महिलालाई अस्पतालले तत्काल भर्ना गरी सुरक्षित प्रसूतिको व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले अस्पताल प्रशासनले समेत बिरामी अस्पतालबाट कहिले र कसरी बाहिरिइन् भन्ने जानकारी नभएको जवाफ दिनु गम्भीर विषय भएको बताउनुभयो ।

‘संविधानमा हामीले स्वास्थ्यको हक लेख्यौँ, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको हक लेख्यौँ । तर कागजमा लेखिएको निःशुल्क सेवा र नागरिकले पाउने वास्तविक व्यवहारिक सेवाबीच यति धेरै दूरी किन ?’ उहाँले प्रश्न गर्नुभयो ।

प्रसव पीडामा रहेकी महिलालाई अस्पतालले ‘तपाईं कतै नजानुस्, तपाईंको घर खुलेको छ, तपाईंलाई हामी निरन्तर हेर्छौँ’ भनेर सुरक्षित वातावरण दिनुपर्ने भए पनि त्यस्तो व्यवस्था भयो कि भएन भन्ने प्रश्नसमेत उहाँले उठाउनुभयो ।

‘अस्पतालले हामीलाई जानकारी नै छैन, कुन बेला बिरामी निस्किएर गयो भनेर भन्न पाउँछ ?’ उहाँले प्रश्न गर्नुभयो ।

सांसद कार्कीले बबिता पासवानजस्ता प्रसव पीडामा रहेका सबै महिलासम्म राज्यको स्वास्थ्य सेवा प्रभावकारी रूपमा पुग्नुपर्ने बताउँदै सुरक्षित मातृत्वको अधिकार कागजमा मात्रै सीमित नराख्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै