२५ भाद्र २०८३, बिहीबार
,
Latest
बिल तिर्न नसक्दा अस्पतालबाहिर सुत्केरी हुनु लज्जास्पद ! अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छः मुख्यमन्त्री आचार्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा हाम्रो पात्रो प्रयोगकर्ताबाट विपद् उद्धार कोषमा १ करोड २५ लाख सहयोग रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा



अ+ अ-

काठमाडौं । नेपालले ओमानलाई पराजित गर्दै एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

मलेसियाको बायुमास ओभरल क्रिकेट मैदानमा आज भएको सेमिफाइनल खेलमा नेपालले ओमानमाथि ८७ रनको जित निकाल्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । नेपालले जितको लागि दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ६० रनमा समेटिएको हो ।

ओमानका लागि जतिन्दर सिंहले २५ तथा जितेनकुमार रामानन्दीले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

ओमानलाई ६० रनमा समेट्नेक्रममा नेपालका दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिए लिँदा रोहितकुमार पौडेल र ललित राजबंशीले समान २/२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १४७ रनको योगफल बनाएको थियो ।

नेपालको लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए । उनले ७६ बलमा चार चौकाको सहयोगमा ५१ रन बनाएका हुन । त्यस्तै बसिर अहमदले ४७ रन बनाउदा देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए ।

त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ ओमानका जय ओडेडरा र हस्नैन शाहले समान ३/३ विकेट लिए । त्यस्तै मुहम्मद इमरानले २ विकेट लिँदा शकील अहमद र मुजिबुर अलीले समान १/१ विकेट लिए । यससँगै नेपालले फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई)सँगको भेट पक्का गरेको छ ।

आजै भएको अर्को सेमिफाइनल खेलमा युएइले हङ्कङलाई हराउदै प्रतियोगिताको फाइनलमा पुगेको हो । फाइनल खेल यही भदौ २७ गते शनिबार हुनेछ । फाइनलमा नेपालले युएइलाई पराजित गरेमा एसिया कपमा स्थान बनाउनेछ ।