२५ भाद्र २०८३, बिहीबार
,
Latest
अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छः मुख्यमन्त्री आचार्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा हाम्रो पात्रो प्रयोगकर्ताबाट विपद् उद्धार कोषमा १ करोड २५ लाख सहयोग रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाम्रो पात्रो प्रयोगकर्ताबाट विपद् उद्धार कोषमा १ करोड २५ लाख सहयोग



अ+ अ-
काठमाडौं । हाम्रो पात्रोका प्रयोगकर्ताहरूले सामूहिक रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख रुपैयाँ सहयोग गरेका छन्।

हालै नेपालमा आएको विनाशकारी विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम संकलन गरिएको हो।

हाम्रो पात्रो कम्युनिटीका तर्फबाट संकलित रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। सहयोग रकमसँगै अभियानमा योगदान गर्ने सम्पूर्ण सहयोगीहरूको नामावलीसमेत सरकारलाई बुझाइएको छ।

विदेशमा रहेका नेपालीले समेत सहज रूपमा राष्ट्रिय राहत अभियानमा योगदान गर्न सकून् भन्ने उद्देश्यले हाम्रो पात्रोले अभियान सहजीकरण गरेको जनाएको छ। रकम पठाउँदा कुनै सेवा शुल्क नलिई प्रयोगकर्ताले गरेको सम्पूर्ण योगदान राहत कोषमा पुग्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

हाम्रो पात्रोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत शंकर उप्रेतीले १ करोड २५ लाख रुपैयाँ प्रयोगकर्ताहरूको सामूहिक योगदान भएको बताउनुभयो। उहाँका अनुसार हाम्रो पात्रोले प्रयोगकर्ताको सहयोग सरकारसम्म पुर्‍याउने माध्यमको भूमिका मात्र खेलेको हो।

उप्रेतीले विपद्का बेला संसारभर रहेका नेपालीले देखाएको एकता, तत्परता र उदारताप्रति आभार व्यक्त गर्दै अभियानमा योगदान गर्ने सबैलाई धन्यवाद दिनुभयो।

हाम्रो पात्रोले स्थापनाकालदेखि सूचना तथा डिजिटल सेवामार्फत नेपाली समुदायलाई जोड्दै आएको जनाएको छ। कम्पनीका अनुसार हाम्रो पात्रो एप विश्वभर २ करोडभन्दा बढी पटक डाउनलोड भइसकेको छ।

कम्पनीले अभियानमा सहभागी सबै प्रयोगकर्ताप्रति कृतज्ञता व्यक्त गर्दै विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाएको छ।