२५ भाद्र २०८३, बिहीबार
,
Latest
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा हाम्रो पात्रो प्रयोगकर्ताबाट विपद् उद्धार कोषमा १ करोड २५ लाख सहयोग रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर



अ+ अ-

काठमाडौं । काठमाडौंस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस अगाडि ग्यास अभावको विरोधमा नेकपा निकट विद्यार्थी संगठनका कार्यकर्ताले सडकमा दाउरा बालेर खाना पकाउँदै सांकेतिक प्रदर्शन गरेका छन्।

पछिल्लो समय बजारमा देखिएको ग्यास अभावप्रति सरकारको ध्यानाकर्षण गराउन विद्यार्थीहरूले सडकमा दाउरा बालेर खाना पकाउँदै विरोध जनाएका हुन्।

विद्यार्थी संगठनले ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न तथा आम उपभोक्ताले भोगिरहेको समस्याको तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ। प्रदर्शनका क्रममा उनीहरूले ग्यास अभावका कारण सर्वसाधारणले परम्परागत इन्धन प्रयोग गर्नुपर्ने अवस्था आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।