२६ भाद्र २०८३, शुक्रबार
,
Latest
चिलिमे जलविद्युत् गृहमा फसेका कर्मचारीको उद्धारमा थप आशा, करिब १०० मिटर सुरुङ बाँकी सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण पाठ्यभार घटाउँदै एआईसम्म, राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशबाट सुझाव बाबुराम भट्टराईको आह्वान : ‘किनेर खाँदा स्वदेशी स्याउ मात्रै किनौँ’ गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो ‘ब्रिक्स’ सम्मेलनको पूर्वसन्ध्या : लगानीको ‘टिप’ बाट सुरु भएको ‘ब्रिक्स’ कसरी बन्यो पश्चिमा एकाधिकार हल्लाउने… इभीमा आगलागी, चालकको मृत्यु एनभिएलःकाठमाडौँ र कर्णाली फाइनलका लागि भिड्दै भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनभिएलःकाठमाडौँ र कर्णाली फाइनलका लागि भिड्दै



अ+ अ-

काठमाडौँ। पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराजबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा साँझ ६ः०० बजे खेल हुनेछ ।

एनभिएलमा काठमाडौँ र कर्णाली दुवै जित्ने दाउमा छन्। लिग चरणमा पाँच–पाँच खेल खेलेका दुवै टोलीले चार खेलमा जित र एक खेलमा हार व्यहोरेका छन् ।

लिग चरणमा काठमाडौँले कर्णालीलाई ३–२ सेटले पराजित गरेको थियो । काठमाडौँ सोही नतिजालाई निरन्तरता दिँदै फाइनलमा पुग्ने लक्ष्यमा छ भने कर्णाली लिग चरणको हारको बदला लिँदै उपाधि यात्रालाई बलियो बनाउने योजनामा छ ।

आजको खेल जित्नेले उपाधिका लागि शनिबार अन्नपूर्ण स्पाइकर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ । अङ्क तालिकाको शीर्ष स्थानमा रहेको अन्नपूर्ण बिहीबार नै फाइनलमा पुगिसकेको छ ।

नेपालमा पुरुष भलिबलको ‘फ्रेन्चाइज’ लिग पहिलोपटक आयोजना गरिएको हो । भदौ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु २० लाख पुरस्कार प्राप्त गर्नेछ । रासस