२७ भाद्र २०८३, शनिबार
,
Latest
एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, युएई ४४ रनले पराजित देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाका ४८ जिल्लामा अधिवेशन सम्पन्न, भदौ मसान्तभित्र सबै जिल्ला सक्ने तयारी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हालसम्म ४८ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न गरेको छ। पार्टीले भदौ मसान्तभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाएर अधिवेशनलाई तीव्रता दिएको जनाएको छ।

अधिवेशनबाट निर्वाचित ४८ जिल्लाका जिल्ला अध्यक्षमा ताप्लेजुङबाट अमृतकुमार सावदेन, इलामबाट ताराप्रसाद नेपाल, झापाबाट केशवप्रसाद ओझा, मोरङबाट मनोज बस्नेत, तेह्रथुमबाट टंकप्रसाद अधिकारी, सोलुखुम्बुबाट राजेन्द्र बस्नेत, ओखलढुंगाबाट पदमकुमारी गुरुङ, खोटाङबाट ललित राई, संखुवासभाबाट दीपेन्द्र भण्डारी र उदयपुरबाट ध्रुव रायमाझी निर्वाचित भएका छन्।

त्यस्तै सप्तरीमा उम्देश्वरप्रसाद साह, सिराहामा शम्भुप्रसाद यादव, सर्लाहीमा विजय यादव, पर्सामा बिना जयसवाल कुर्मी, रामेछापमा भरत वाइवा, सिन्धुपाल्चोकमा निलध्वज थापा, काभ्रेपलाञ्चोकमा सहदेव भण्डारी, भक्तपुरमा अर्जुन कार्की, चितवनमा चेतनाथ वाग्ले र लमजुङमा क्या. केबिन्द्र जंग गुरुङ जिल्ला अध्यक्ष निर्वाचित भएका छन्।

मुस्ताङमा जेम्स हिराचन, गोरखामा रमेशरमण खनाल, म्याग्दीमा वीरबहादुर थापा क्षेत्री, पर्वतमा शेरबहादुर उचाइ ठकुरी, बागलुङमा विष्णुप्रसाद सापकोटा, तनहुँमा इमबहादुर केसी (केदार), स्याङ्जामा ऋषिराम लामिछाने, नवलपुरमा विष्णुप्रसाद अधिकारी, कास्कीमा नारायण गुरुङ र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा रामभवन यादव निर्वाचित भएका छन्।

त्यसैगरी रोल्पामा अम्मरबहादुर थापा, गुल्मीमा त्रिविक्रम चन्द, पाल्पामा डुलबहादुर कुँवर, बर्दियामा हेमन्तप्रकाश गिरी, कपिलवस्तुमा नारायणबहादुर सिंह, दाङमा प्रेम शाह, रुपन्देहीमा सागरप्रताप राणा, मुगुमा वीरचन्द बुढा, हुम्लामा विकास महत, सल्यानमा प्रदीप थापा, रुकुम पश्चिममा खम्बु खत्री र दैलेखमा सुरत केसी जिल्ला अध्यक्ष बनेका छन्।
डोटीमा खडकप्रसाद अग्रवाल, बैतडीमा इन्द्रदेव शरण भट्ट, कालिकोटमा मदन रोकाया, भोजपुरमा जनक नेपाल, बारामा विनोद भारती र दोलखामा गंगाबहादुर बस्नेत (रामहरी) निर्वाचित भएका छन्।

राप्रपाका अनुसार बाँकी जिल्लामध्ये अधिकांशको अधिवेशन भदौ मसान्तभित्र सम्पन्न गर्ने गरी मिति तय भइसकेको छ र तयारी भइरहेको छ। आज भदौ २६ गते शुक्रबार महोत्तरी जिल्लाको अधिवेशन हुँदैछ।

राप्रपाले यसअघि नै आगामी मंसिर २६, २७ र २८ गते पार्टीको महाधिवेशन गर्ने मिति घोषणा गरिसकेको छ। महाधिवेशनलाई लक्षित गर्दै पार्टीले भदौ मसान्तसम्म स्थानीय तह तथा जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाएको हो।

पार्टीका अनुसार स्थानीय तह र जिल्ला अधिवेशनहरू उत्साहजनक रूपमा अघि बढिरहेका छन्। जिल्ला अधिवेशन सम्पन्न भएसँगै पार्टीको महाधिवेशनका लागि संगठनात्मक तयारीसमेत तीव्र हुने राप्रपाले जनाएको छ।