२७ भाद्र २०८३, शनिबार
,
Latest
‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि



अ+ अ-

काठमाडौं। नेपालले एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधि जितेको छ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा सम्पन्न फाइनल खेलमा नेपालले युएईलाई ४४ रनले पराजित गरेको हो। यो जितसँगै नेपाल सन् २०२७ मा बंगलादेशमा हुने एसिया कपका लागि छनोट भएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले १०६ बलमा ८ चौका र ४ छक्काको मद्दतले १०२ रनको शतकीय इनिङ्स खेले। यस्तै, गुलशन झाले ५२, अर्जुन कुमालले ४३, रोहित पौडेलले ४० र दीपेन्द्र सिंह ऐरीले १८ रन जोडे। बसिर अहमद १५ रनमा नटआउट रहे। बलिङतर्फ युएईका इबरार अहमदले ४, खुजैमा तनवीरले २ तथा हैदर अली र अदीव उस्मानीले एक-एक विकेट लिए।

३१४ रनको लक्ष्य पछ्याएको युएई ४९.२ ओभरमा २६८ रनमा समेटियो। युएईका राहुल चोपडाले १०० रनको नटआउट शतकीय पारी खेले पनि टोलीको हार टार्न सकेनन्। अन्य ब्याटरहरूमा शोहैब खानले ५२, तनिश सुरीले ४२ र हरप्रीत सिंहले ३३ रन बनाए।

नेपालको बलिङमा करण केसीले ३ र ललित राजवंशीले २ विकेट लिए। सन्दीप लामिछाने, रोहित पौडेल, गुलशन झा, दीपेन्द्र सिंह ऐरी र बसिर अहमदले समान एक-एक विकेट हात पारे।