१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन काठमाडौं–धुन्चे सडकखण्ड ४ चक्के सवारीसाधनका लागि सुचारु, रसुवा पुनः सडक सञ्जालसँग जोडियो नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’ भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालसहित ३२ देशका लागि विजयादशमीको साइत सार्वजनिक



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैैँको टीकाको साइत सार्वजनिक गरेको छ ।

विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजया दशमी टीकाको साइतबारे जिज्ञासा राखिएकाले विजया दशमी २०८१ को शुभसाइत सार्वजनिक गरिएको समितिका सदस्य सचिव लक्ष्मण पन्थीले राससलाई जानकारी दिनुभयो ।

समितिले दिएको साइतअनुसार नेपालको काठमाडौँका लागि असोज २६ गते बिहान ११:३६ बजेको साइत शुभ रहेको छ । यसैगरी देहली भारतका लागि १२ अक्टोबर बिहान ११:४२, न्यूयोर्क अमेरिकाका लागि १२ अक्टोबर बिहान १०:०१, फ्याङ्कफर्ट केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०:३९, वोवेन्स्वोरोक, केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान ०९:४५, टेक्सास, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०:०५, वासिङ्टन डिसी, अमेरिकाका लागि ०९:५५, क्यालिफोर्निया, अमेरिकाका लागि ०९:३९ बजेको समय शुभ रहेको समितिले जनाएको छ ।

यसैगरी टोरन्टो, क्यानडाका लागि १२ अक्टोबर बिहान १०:१५, भ्यानकुभर, क्यानडाका लागि १२ अक्टोबर बिहान १०:२७ बजेको साइत उत्तम रहेको सदस्य सचिव पन्थीले बताउनुभयो । टोकियो, जापानका लागि १३ अक्टोबर बिहान ११:३५, सिड्नी, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११:२१, मेलबर्न अष्ट्रेलियाका लागि १३ अक्टोबर ११:२७, ब्रिसवेन, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११:२९, क्याबेरा, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११:१५, वेलिङ्टन, न्युजिल्याण्डका लागि १३ अक्टोबर ११:२५ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष डा माधव भट्टराईले जानकारी दिनुभयो ।

लिस्बन, पोर्चुगलका लागि १२ अक्टोबर बिहान १०:२४, लण्डन, बेलायतका लागि १२ अक्टोबर बिहान १०:२१, पेरिस, फ्रान्सका लागि १२ अक्टोबर बिहान १०:२३, ओस्लो, नर्वेका लागि १२ अक्टोबर बिहान १०:१९, क्वालालम्पुर, मलेसियाका लागि १२ अक्टोबर बिहान ११:५७, अबुधावी, युनाइटेड अरब इमिरेट्सका लागि १२ अक्टोबर बिहान ११:४५, दोहा, कतारका लागि १२ अक्टोबर बिहान ११:०५, बैंकक, थाइल्याण्डका लागि १२ अक्टोबर बिहान ११:२१, सियोल, दक्षिण कोरियाका लागि १३ अक्टोबर बिहान ०९:१५, तेल अभिभ इजरायलका लागि १२ अक्टोबर बिहान ०९:१६, सिङ्गापुरका लागि १२ अक्टोबर बिहान ११:४५, हङ्कङ्का लागि १३ अक्टोबर बिहान ११:४३, साउदी अरेबियाका लागि १२ अक्टोबर बिहान ११:२३, याङ्गुन, म्यानमारका लागि १२ अक्टोबर बिहान ११:२१, जेनेभा, स्वीट्जरल्याण्ड १२ अक्टोबर बिहान ११:५५ र माल्टामा १२ अक्टोबर बिहान १०:४५ बजे विजयादशमीको टीका लगाउन उत्तम रहेको समितिका सभापति भट्टराईले बताउनुभयो ।

वैदिक सनातन हिन्दू धर्मावलम्बी विश्वभर फैलिएका र ती देशमा नेपालीको सङ्ख्या पनि बढेर दसैँको साइत माग भएपछि समितिले निर्णय गरेको उहाँले सुनाउनुभयो । रासस




भर्खरै