१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले ‘सिधाकुरा’ले प्रकाशन गरेको सामग्रीले अदालतको अवहेलना गरेको ठहर गरेको छ ।

सर्वोच्चका प्रधान न्यायाधीश विश्वम्भवरप्रसाद श्रेष्ठसहित ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले आइतबार निर्णय सुनाउँदै विवादित अडियो रेकर्ड गर्ने राजकुमार तिम्सिनालाई ६ महिना कैद सजाय सुनाएको छ ।

सिधाकुराका सम्पादक युवराज कँडेल र नवीन ढुंगानालाई जनही ३ महिना कैद सजाय सुनाएको छ । अदालतले यद्यपि, माफी मागे ७ दिन मात्र कैद बस्नुपर्ने फैसलामा उल्लेख गरेको छ ।उनीहरूलाई जनही ५ हजार रुपैयाँ जरिवाना पनि ठहर भएको छ ।

सिधाकुराले ‘द डार्क फाइल’ भन्दै अख्तियारको स्टिङ अप्रेसन मुद्दाका अभियुक्तहरुलाई सफाइ दिलाउने भन्दै कान्तिपुर मिडियाका प्रकाशक तथा सन्चालक कैलाश शिरोहिया,अन्नपूर्ण दैनिकका प्रकाशक तथा सन्चालक रामेश्वर थापा,न्यायाधीश आनन्दमोहन भट्टराईलगायतको संवाद भनिएको अडियो प्रसारण गरेको थियो ।

सिधा कुराले प्रसारण गरेको विवादित अडिओले गलत भएको र मानहानी भएको भन्दै मुद्दा दायर भएको थियो ।