३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने

कमल थापालाई दोहोरो स्वर्ण

कमल थापालाई दोहोरो स्वर्ण
अ+ अ-

काठमाडौं : कमल थापाले बीवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगितामा आइतबार दोहोरो स्वर्ण जितेका छन् । कमलले ५५ वर्षमाथि र ६५ वर्षमाथि पुरुष सिंगल्समा स्वर्ण जितेका हुन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ५५ वर्षमाथि फाइनलमा कमलले मनोजविक्रम शाहलाई ६–४ र ७–५ को सोझो सेटमा पराजित गरे । अर्को स्पर्धाको फाइनलमा कमलले ध्रुव गुरुङलाई सीधा सेटमा ६–३ र ६–० ले हराए ।

आइतबारै विभिन्न ५ स्पर्धाका डबल्स र १ स्पर्धाको फाइनल पनि भए । पुरुष डबल्समा प्रणव मानन्धर र राजवीर प्रधानको जोडी पहिलो भए । उक्त जोडीले फाइनलमा प्रणव खनाल र सक्षमविक्रम शाहको जोडीलाई सीधा सेटमा ६–४ र ६–१ ले पाखा लगाए । ३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्र परियार र इलम दीक्षितको जोडीले सन्तोष खत्री र सुवास बस्न्यातको जोडीलाई ६–४, ४–६ र १०–७ ले पन्छाए ।

४५ वर्षमाथि पुरुष डबल्समा डेगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले रोहित सुनुवार र हिमाल शाहको जोडीमाथि ६–३ र ७–५ को जित दर्ता गरे । ५५ वर्षमाथि पुरुष डबल्समा पनि चन्द्र शाहीले स्वर्ण जिते । उनले उत्तम शेर्पासंग मिलेर मनोज राणा र डेगेन्द्र श्रेष्ठको जोडीलाई ६–२ र ६–४ ले फाइनलमा पाखा लगाए । ६५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र ध्रुव गुरुङको जोडी च्याम्पियन बने । उक्त जोडीले फाइनलमा विदुर विष्ट र भिक्टर राणाको जोडीको चुनौती ४–६, ६–२ र १३–११ पन्छाए ।

पुरुष सिंगल्समा प्रदीप खड्का र प्रणव मानन्धर फाइनलमा पुगे । प्रदीपले प्रणव खनाललाई ६–१ र ६–३ तथा प्रणवले निसान श्रेष्ठलाई ६–२, ५–७ र ६–३ को सेटमा पराजित गरे । ४५ वर्षमाथि पुरुष सिंगल्स फाइनलमा कमलबहादुर भण्डारीले रोहित सुनुवारलाई ६–३ र ६–३ ले पन्छ्याउदै स्वर्ण हात पारे ।

महिला सिंगल्समा अभिलाषा विष्ट र सुनिरा थापा उपाधिका लागि भिड्ने भएका छन् । सेमिफाइनलमा अभिलाषाले स्वस्तिका विष्टलाई ६–२ र ६–४ तथा सुनिराले आइशा डोल्कर गुरुङलाई ६–० र ६–१ को सोझो सेटमा हराए । ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियारले भीष्मजंग गुरुङलाई ६–१ र ६–२ तथा सन्तोष खत्रीले सिमान्त गुरुङलाई ६–२ र ६–३ को सोझो सेटमा पराजित गरे । प्रतियोगिता सोमबार समपन्न हुनेछ ।