१३ भाद्र २०८३, शनिबार Saturday, August 29, 2026
१३ भाद्र २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता News Polar सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले News Polar भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार News Polar कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने News Polar भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग News Polar तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला News Polar परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता News Polar स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन News Polar नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु News Polar राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता News Polar चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार News Polar बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी News Polar बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत News Polar रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल News Polar कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव News Polar परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता News Polar भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल News Polar बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील News Polar नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन News Polar गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

मिस वर्ल्ड प्रतियोगितामा धाँधलीको आशंका, श्रृंखलालाई अन्याय !

मिस वर्ल्ड प्रतियोगितामा धाँधलीको आशंका, श्रृंखलालाई अन्याय !
अ+ अ-


काठमाडौं । मिस वर्ल्ड २०१८ प्रतियोगिता मेक्सिकोकी सुन्दरी भानेसा पोन्स डे लियोनलाई ताज पर्हियाउँँदै चीनमा शनिबार सकिएको छ । तर नेपालीहरुले तिब्र प्रतिक्षा गरिरहेको क्षण भने निराशामा परिणत हुन पुग्यो । नेपालकी सुन्दरी श्रृंखला खतिवडाले प्रतियोगितामा दुई महत्वपूर्ण अवार्ड त जितन् तर पनि उनको शुरुदेखिको प्रस्तुतिले नेपालीहरुले यसरी टप १२ मा नै चित्त बुझाउनुपर्ला जस्तो भने लागेको थिएन । तर उनी टप १२ सम्म पुगिन्, र त्यसैमा चित्त बुझाउनुपर्यो । तर पनि विश्वका सुन्दरीहरु जम्मा भएको सो प्रतियोगितामा यसरी १२ जना भित्रै नेपाल पर्नुलाई भने नराम्रो मान्न सकिन्न । नेपाल यति राम्रो पोजिसनमा परेको पनि यो नै पहिलो पटक हो ।

तर पनि यसलाई चित्तबुझ्दो मूल्यांकनका रुपमा लिन नसकिने नेपाल सुन्दरी शृंखला र नेपालका पूर्व सुन्दरीहरुले बताएका छन् । यसपालीको मिस वल्र्डले नेपाली बजारमा यस्तै चर्चा र बहस भने जन्माइरहेको छ । पहिलोपटक नेपाललाई उपाधिको दावेदारका रुपमा नेपालले मात्र नभएर विश्वले नै लिएका थिए । विश्वका सौन्दर्यसम्बन्धका विज्ञहरुले पनि नेपालकी श्रृंखलाको फ्यान भएर अभूतपूर्व रहेको भनी प्रतिक्रिया दिएका थिए । उनलाई मिस वर्ल्डका रुपमा हेर्न नेपालीहरु आतुर थिए । उनका फ्यानहरुले टप १२ मा चित्त बुझाउन सकिरहेका छैनन् । तर, मिस वर्ल्ड एउटा यस्तो प्रतिस्पर्धा हो, जसको कहिल्यै पूर्वानुमान गर्न सकिन्न । पूर्व मिस नेपाल माल्भिका सुब्बाले सो प्रतियोगिताको मूल्यांकन सही र स्वच्छ रुपमा नभएको बताउँछिन् ।

‘श्रृंखला मिस वल्र्डको ताज पहिरिन एकदमै योग्य थिइन तर निर्णायकहरुले धाँधली गरेको उनको भनाई छ । उनको जस्तो विचार राख्ने सो प्रतियोगिता हेर्ने अरु पनि धेरैको छ । विश्वका कतिपय सौन्दर्य विज्ञहरुले मिस वर्ल्डको उपाधिपछिको महत्वपूर्ण मानिने ‘ब्यूटी विथ पर्पस अवार्ड’ जित्न श्रृंखला सफल भएको भए पनि त्यसैमा मात्र चित्त बुझाउनुपर्ने अवस्था नभएको उनीहरुको भनाई छ । उनले धेरै भोट पाएकी थिइन् र भोटिङमा आधारित मल्टिमिडिया अवार्ड पनि जितिन् । यस हिसाबले यसपटक मिस वर्ल्डमा नेपालले अहिलेसम्मको ठूलो सफलता पाएको मान्न त सकिन्छ तर पनि त्यो पर्याप्त भने होइन ।

मिस वर्ल्डको फम्र्याट अनुसार यसपटक सुन्दरीहरुलाई उनीहरुले प्रतिनिधित्व गर्ने महादेशका आधारमा पनि विभाजन गरिएको थियो । यसरी विभाजन गर्दा पनि हाम्रो देश पछि परेको हुनसक्छ । टप ३० बाट टप १२ मा पुग्ने क्रममा श्रृंखलाले एसियाका १२ सुन्दरीहरुसँग ३ वटा स्थानका लागि भिड्नुपरेको थियो । तर यसमा उनी सफल भइन् । आफ्नो महादेशका बलिया भारत र चीनलाई समेत पछि पार्दै उनले टप १२ मा स्थान बनाइन् । उनले यसरी भारत र चीनलाई पछि पारेपछि भने विश्व सुन्दरीको ताज पहिरिने सम्भावना धेरै नै बढेको अनुमान सर्वत्र काटिएको थियो ।

यसरी टप १२ मा परेका सबैजना प्रतिस्पर्धीहरुलाई निर्णायकहरुले प्रश्न सोध्ने अनुमान गरिएको थियो । तर, किन त्यस्तो भएन भन्ने नै अहिले सर्वत्र खोजीको विषय भएको छ । उद्घोषकले उनीहरुसँग छोटो कुरा गरिन् । र, एकाएक टप ५ घोषणा भयो । एसियाबाट एकजना मात्र छानिने भए । श्रृंखलालाई पछि पार्दै थाइल्यान्डकी सुन्दरी टप ५ मा परिन् । टेलिभिजन र इन्टरनेटमा मिस वर्ल्ड लाइभ हेर्न झुम्मिएका नेपालीले श्रृंखला के आधारमा आउट भइन् भन्ने बुझ्न सकेनन् । यसै घटनालाई अन्याय भएको हो भन्न सकिन्छ । कम्तीमा पनि टप १२ मा परेकाहरुलाई प्रश्न सोधेर अथवा मापनको कुनै आधार निर्माण गरेर न्याय दिन सकिन्थ्यो । तर त्यसो गरिएन । उद्घोषकले नै एकाध प्रश्न गरेपछि एक्कासी टप ५ को घोषणा गरियो र त्यसमा एसियाबाट थाईल्याण्ड छानिएको थियो । यहीँ नेर श्रृंखलामाथि अन्याय भएको सबैले भनेका छन् । जस्तो कि चीन पछि परेपछि टप १२ मा आएकी श्रृंखलालाई नै चीनले पनि मत हालेको थियो । चीनको सद्भाव पनि नेपाललाई नै थियो । तर पछिसम्म त्यसो हुन पाएन ।

ट्रयाक रेकर्डका आधारमा टप ५ छनोट गरिएको थियो र त्यसमा टप ५ सम्मको छनोटको आधार पारदर्शी थिएन । यसरी हेर्दा त श्रृंखला टप ५ को पहिलो हकदार थिइन् नै । किनकि उनले ‘ब्यूटी विथ द प्रपोज’ जस्तो महत्वपूर्ण अवार्ड र ‘मल्टिमिडिया अवार्ड’ पनि जितेकी थिइन् । यस प्रतियोगितापूर्व नै दुई दुई ओटा अवार्ड जित्ने उनी मात्रै थिइन् । उनको फ्यान फलोइङ सबैभन्दा बढि थियो । सौन्दर्य र बौद्धिकतामा पनि अगाडि थिइन् । तर, के कारणलाई उनलाई फ्याँकियो त्यो कुरा अहिलेसम्म पनि बुझ्न सकिएको छैन ।