१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल



अ+ अ-

काठमाडौं । एशोसिएसन अफ नेपाली ओरिजिन(एएनओ)ले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि तत्काल पहल गर्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ।

एएनओ केन्द्रीय समितिले जारी गरेको अपिलमा अगस्ट २६ मा भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, सिन्धुपाल्चोकलगायतका जिल्लाका विभिन्न भूभाग प्रभावित बनेको उल्लेख गरिएको छ।

बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै नागरिकहरू बेपत्ता भएको, घाइते तथा विस्थापित बनेको भन्दै एएनओले प्रभावितहरूको तत्काल खोज तथा उद्धारलाई प्राथमिकता दिन आग्रह गरेको छ।

एएनओले बाढी तथा पहिरोमा परेर घाइते भएकाहरूको स्वास्थ्य उपचार, बेपत्ताको खोजी तथा उद्धार र प्रभावित परिवारलाई आवश्यक राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ।

त्यस्तै, प्रभावित क्षेत्रमा खाद्यान्न, शुद्ध खानेपानी, औषधि तथा अत्यावश्यक सामग्रीको आपूर्ति तत्काल सुनिश्चित गर्न पनि अपिल गरिएको छ।

एएनओ ले विपद्को यस कठिन घडीमा सबै नेपाली तथा नेपाली मूलका नागरिकलाई आ–आफ्नो ठाउँबाट सहयोग र सहकार्य गर्दै प्रभावित परिवारको साथमा उभिन आह्वान गरेको छ।

संस्थाले राष्ट्रिय विपद्को समयमा सबै नेपाली एकजुट भएर मानवीय सहयोगमा जुट्नुपर्नेमा जोड दिएको छ।