१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन



अ+ अ-

रसुवा। जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ स्वास्थ्यकर्मी एवं उनीहरूका परिवारसमेत गरी १० जना सम्पर्कविहीन अवस्थामा रहेको जनाएको छ ।

जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख निदोर्ज घर्तीमगरका अनुसार तीनमहिने छोरासहित टिमुरे स्वास्थ्यचौकीका इन्चार्ज सुस्मिता पाण्डे, आठमहिने छोरीसहित स्याफ्रुबँेसी स्वास्थ्य चौकीका इन्चार्ज खम्बु बोहारा र उनकी पत्नी कोपिला केसी, दालफेदी स्वास्थ्य चौकीका इन्चार्ज विजय घले र रसुवागढी हेल्थ डेस्कका स्वास्थ्यसहायक गोविन्द यादव सम्पर्कविहीन हुनुहुन्छ ।

यसैगरी, मैलुङ सामुदायिक स्वास्थ्य इकाइकी अनमी विनिशा शाही, उत्तरगया गाउँपालिकाका स्वास्थ्य प्रमुख बलराम न्यौपाने र जनस्वास्थ्य अधिकृत प्रदीप न्यौपाने पनि सम्पर्कविहीन भएको प्रमुख घर्तीमगरले जानकारी दिनुभयो ।

बाढीका कारण प्रभावित क्षेत्रका स्वास्थ्य चौकीको भवन पूर्ण रुपमा क्षति भएका छन् । यसैबीच, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रका जनतालाई स्वास्थ्य सेवा प्रवाह गर्नका लागि आवश्यक प्रबन्ध मिलाएको जनाइएको छ ।

मन्त्रालयका जनस्वास्थ्य अधिकृत शङ्करप्रसाद कडेलले दोबुताम्बु अस्पताल गोलजुङमा उपचारको प्रबन्ध मिलाइएको जानकारी दिनुभयो । रासस