३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता
अ+ अ-

काठमाडौँ, १३ भदौः परराष्ट्रमन्त्री शिशिर खनाल र चीनका विदेशमन्त्री वाङ यीबीच शनिबार टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा दुवै नेताले रसुवा–जिलोङ बन्दरगाह क्षेत्रको विनाशकारी बाढीबाट दुवै देशमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभयो ।

दुवै नेताबीच बाढी प्रभावित क्षेत्रमा जारी खोज, उद्धार तथा राहत कार्यका विषयमा छलफल भयो। साथै, चीनमा बाढीका कारण अलपत्र परेका नेपाली नागरिकको स्वदेश फिर्ती तथा उद्धारका विषयमा समेत छलफल भएको थियो। परराष्ट्रमन्त्री खनालले विपद्को यस कठिन घडीमा चीन सरकारले उपलब्ध गराएको आकस्मिक मानवीय राहत तथा सहयोगप्रति चिनियाँ विदेशमन्त्री वाङमार्फत चीन सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो।

वार्तामा नेपाल र चीनबीच वास्तविक समयका जल तथा मौसमसम्बन्धी तथ्यांक आदानप्रदानलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो। दुवै पक्षले भविष्यमा यस्ता विपद्का जोखिम न्यूनीकरण गर्न प्रभावकारी पूर्वसूचना प्रणाली विकास तथा दुई देशबीचका विद्यमान संयन्त्रलाई थप सुदृढ गर्ने विषयमा सहकार्य बढाउनेमा जोड दिएका छन्। नेपाल र चीनबीच विपद् व्यवस्थापन, सूचना आदानप्रदान तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन निरन्तर समन्वय र सहकार्य गर्ने विषयमा दुवै पक्षबीच कुराकानी भएको थियो ।