१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल



अ+ अ-

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले रसुवा जिल्लामा आएको विनाशकारी प्राकृतिक विपद्प्रति दुःख व्यक्त गर्नुभएको छ ।

शनिवार जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रसुवा बाढीप्रति दुःख व्यक्त गर्नुभएको हो । नेता नेपालले रसुवामा गएको बाढीको घटनालाई ‘विनाशको लीला’ संज्ञा दिँदै ठूलो संख्यामा मानवीय र भौतिक क्षति भएको उल्लेख गर्नुभयो ।

चीन र नेपालको सीमा नाका एवं मानसरोवर र कैलाश पर्वतको प्रवेशद्वारका रूपमा रहेको सो क्षेत्रमा भएको क्षतिले समग्र राष्ट्रलाई नै अपूरणीय क्षति पुगेको उहाँको भनाइ छ ।

उहाँले ठूलो संख्यामा मानिसहरूको ज्यान गएको, कैयौँ घाइते भएको र हजारौँको उद्धार गरिएको जानकारी दिँदै सो क्षेत्रका जलविद्युत गृह, विद्यालय र अस्पतालहरूमा भएको भौतिक क्षतिको परिमाण अर्बौं रुपैयाँ बराबर रहेको बताउनु भयो ।

नेता नेपालले विकास निर्माणका ठूला आयोजना र राज्यको लगानीका प्राथमिकताहरू स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो । देशको आर्थिक र सामाजिक रूपान्तरणका लागि समाजवादको विकल्प नरहेको बताउनु भयो । उहाँले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलजस्ता गौरवका आयोजनाको महत्त्वबारे चर्चा गर्दै बजेटको सदुपयोग र प्राथमिकता निर्धारणमा सरकार गम्भीर हुनुपर्ने बताउनु भयो ।

राजनीतिक र वैचारिक सन्दर्भमा बोल्दै नेता नेपालले पुँजीवादले जनतालाई गरिबी, अभाव र बेरोजगारीमा राख्ने दाबी गर्नुभयो ।

उहाँले सामाजिक न्याय र जनताको सेवाका लागि ‘नेपाली विशेषताको समाजवाद’ नै उत्तम विकल्प भएको जिकिर गर्नुभयो ।

कम्युनिष्ट पार्टीभित्र बढ्दै गएको व्यक्तिवादी प्रवृत्ति र नेताको अन्धप्रशंसा गर्ने शैलीको आलोचना गर्दै उनले पार्टी व्यक्ति प्रधान नभई नीति र कमिटी प्रधान हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कुन ठाउँमा हवाई मैदान बनाउने र कुन पुललाई प्राथमिकता दिने भन्ने कुराको वैज्ञानिक छनोट हुनुपर्छ । कम्युनिष्ट पार्टीभित्र गुटबन्दी र व्यक्तिवाद गलत हो । हामीले नीति र सिद्धान्तको आधारमा संगठनलाई बलियो बनाउनुपर्छ । साना–ठूला चुनौती र हार–जितबाट विचलित नभई आफ्ना कमजोरीहरू सुधारेर अघि बढ्नु आजको आवश्यकता हो ।’

नेता नेपालले चीनको विकासमा अपनाइएका नीतिहरूको उदाहरण दिँदै नेपालले पनि आफ्नै परिवेश अनुकूलको समाजवादी बाटो पक्रिनुपर्ने बताउनु भयो । पार्टी एकता र वैचारिक स्पष्टताले मात्र नयाँ नेपालको निर्माण सम्भव हुने विश्वास व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल




भर्खरै