३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील

बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा शशांक कोइरालाले भाद्र १० गते बुधवार रसुवाको भोटेकोशीमा आएको अप्रत्याशित, कहालिलाग्दो, त्रासदिपूर्ण विनासकारी वाढीबाट पिडितहरूको खोजी, उद्धार, राहत, सुरक्षित आवास, र उचित क्षतिपूर्ति सहित पुर्नस्थापनाको व्यवस्थाको लागि नेपाल सरकारको गंभिर ध्यानाकर्षण गराउँदै आवश्यक सहयोगका लागि राजनैतिक दल, भ्रातृ तथा शुभेच्छुक संघ संस्था, नीजि क्षेत्र, उद्योगी व्यवसायी प्रतिष्ठान, वित्तिय संघ संस्था एवं मित्र राष्ट्र, अन्तर्राष्ट्रिय समुदाय, अन्तर्राष्ट्रियदातृ निकायहरूसँग हार्दिक अपील गरेका छन् ।

पूर्वमहामन्त्री कोइरालाले विपदको यस कठिन घडिमा मानवीय सेवामा निरन्तर जुट्न पार्टीका सबै तहका नेता कार्यकर्ताहरूलाई पनि आव्हान गरेका छन् । पार्टीको इतर पक्षको राष्ट्रिय भेलाबाट १४ औँ महाधिवेनश तयारी समितिको संयोजक बनेका कोइरालाले आज एक विज्ञप्ती जारी गर्दै पन्ध्रौँ अधिवेशन तथा महाधिवेशनको कार्यतालिका यथाशिघ्र सार्वजनिक गरि पुनः प्रक्रिया प्रारम्भ गरिने बताएका छन् ।

उनले विज्ञप्तीमा भनेका छन् – ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिता सम्बन्धी विवाद सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पार्टीमा थप विवाद सिर्जना गर्ने वा पार्टीमा थप अन्य तहमा समेत विभाजन पु-याउँने कुनै पनि गतिविधि कुनै पनि पक्षले गर्न गराउँन हुँदैन । तर यस सन्दर्भमा कुनै एक पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरि अधिवेशनको गतिविधि गर्न लागेको तथ्य प्रमाणका आधारमा मुद्धाको किनारा नलागेसम्म कुनै पनि पक्षले गर्ने यस्ता कार्यक्रम रोक्न माग गरि दिएको निवेदनमा सर्वोच्च अदालतवाट रोक्ने आदेश नआए पछि चौधौँ महाधिबेशनवाट निर्वाचित हाम्रो बैधानिक केन्द्रीय कार्यसमितिले पन्ध्रौँ महाधिबेशन गर्नुपर्ने बैधानिक दायित्व भएको बोध गर्दै पन्ध्रौँ अधिवेशन तथा महाधिवेशनको कार्यतालिका यथाशिघ्र सार्वजनिक गरि पुनः प्रक्रिया प्रारम्भ गरिनेछ ।’

डा कोइरालाले तथाकथित विशेष महाधिवेशनवाट स्वघोषित कार्यसमितिले गर्ने गराउँने अधिवेशन तथा महाधिवेशन सम्बन्धि गतिविधीमा सामेल नभई चौधौँ महाधिवेशनवाट निर्वाचित बैधानिक कार्यसमितिले गराउँने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न सवै तहका इमान्दार, स्वाभिमानी एवं जिम्मेवार पदाधिकारी, सदस्य, प्रतिनीधि, सर्मथक तथा शुभचिन्तक साथीहरुमा हार्दिक अनुरोध गरेका छन् ।

उनले भनेका छन् – ‘ यसका लागि पूर्व निर्धारित कार्यतालिका बमोजिमका क्रियाशील सदस्यता व्यवस्थापन समिति, क्रियाशील सदस्यता छानविन समिति, निर्वाचन समिति गठन लगायतका कार्यहरु गरि सवै तहका अधिवेशन गरिने छ । अधिवेशन तथा महाधिवेशनको कार्यतालिका यथाशिघ्र सार्वजनिक गरिनेछ । तथाकथित विशेष महाधिवेशनवाट स्वघोषित कार्यसमितिले गर्ने गराउँने अधिवेशन तथा महाधिवेशन सम्बन्धि गतिविधीमा सामेल नभई चौधौँ महाधिवेशनवाट निर्वाचित बैधानिक कार्यसमितिले गराउँने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न सवै तहका इमान्दार, स्वाभिमानी एवं जिम्मेवार पदाधिकारी, सदस्य, प्रतिनीधि, सर्मथक तथा शुभचिन्तक साथीहरुमा हार्दिक अनुरोध गर्दछु ।’

उनले नेपाली कांग्रेसको आधिकारिताको विवाद सम्मानित सर्वोच्च अदालतले आफ्नो कार्यविधि भित्रै रहेर विगतका प्रतिपादित सिद्धान्त र अभ्यासकै आधारमा यथाशीघ्र टुङ्याउँने र हामीले न्याय पाउँने छौ भन्ने गहिरो विश्वास रहेको भन्दै आवेग, उत्तेजना, गाली गलौच तथा षडयन्त्रका तानाबानाले होईन, संयमता, धैर्यता, आत्मीयता र हार्दिकताका साथ सम्पूर्ण लोकतन्त्रवादी व्यक्ति र समुदायको साथले पुनः सबै तहमा सबल सक्षम र लोकप्रिय पार्टीका रूपमा नेपाली कांग्रेस निर्माण गर्नेछौ भन्ने दृढ विस्वास व्यक्त गरेका छन् ।

कोइरालाले भनेका छन् – ‘अहिले एकातर्फ हाम्रो पार्टीको केन्द्रीय कार्यसमितिको आधिकारिकताको मुद्धा सम्मानित सर्वोच्च अदालतमा विचाराधीन छ भने अर्कातर्फ हाम्रो पार्टीको विधान बमोजिम पदावधी यही मंसिर मसान्त र नेपालको संविधान अनुसार थप छ महिनामा समाप्त हुदैंछ । सँगसँगै स्थानीय तहको निर्वाचन पनि २०८४ बैशाख अर्थात अवको आठ महिनामा र प्रदेश सभाको निर्वाचन अवको करिव एक वर्षमा हुदैंछ । साथै मुलुकको राजनीतिक अवस्था थप जटिल र अस्थिर बनिरहेको छ । राष्ट्रियता, सार्वभौमिकता र नागरिक स्वतन्त्रता दिनानुदिन संकुचित हुँदै गएको समस्त नेपालीहरूले महसूस गरिरहेका छन् । यो विषम अवस्थामा एकतावद्ध भएको सवल सक्षम र सुदृढ कांग्रेस बनाउँनु हामी सबैको कर्तव्य हो ।’