३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी

बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी
अ+ अ-

काठमाडौँ। भोटेकोशी बाढीपहिरो प्रभावित क्षेत्रमा लेदो र दलदलका कारण खोजी कार्य कठिन बन्दै गएको छ भने अस्पतालहरूमा शवको चाप बढेपछि व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ ।

उद्धारका लागि आवश्यक पर्ने विशेष उपकरण, फरेन्सिक विज्ञ तथा शव सुरक्षित राख्न ‘रेफ्रिजरेटिङ कन्टेनर’को अभाव खट्किएको नेपाल प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक (डिआइजी) अविनारायण काफ्लेले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै बाढीको लेदोमा खोजी कार्य प्रभावकारी बनाउन विशेष बुट, १० वटा वायरलेस ट्र्याकिङ डिभाइस र १०० केजीसम्म भार बोक्न सक्ने ‘ट्रान्सपोर्टेसन ड्रोन’ तत्काल आवश्यक रहेको बताउनु भयो । घटनास्थलहरू दलदलयुक्त भएकाले सामान्य तरिकाले खोजी र सामग्री ढुवानी गर्न समस्या भएको उनले स्पष्ट पार्नुभयो ।

उता काठमाडौंको त्रिवि शिक्षण अस्पताल (टिचिङ), पोखरा र चितवनका अस्पतालहरूमा शवको चाप अत्यधिक बढेपछि सुरक्षित भण्डारणको चुनौती थपिएको छ । शवहरू बिग्रिन नदिन ‘रेफ्रिजरेटर कन्टेनर’ तत्काल आवश्यक परेको उल्लेख गर्नुभयो ।

प्रवक्ता काफ्लेले भन्नुभयो, ‘शव बिग्रिन नदिनका लागि रेफ्रिजरेटिङ कन्टेनर धेरै जरुरी भएको छ, यस विषयमा हामीले राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) सँग पहल गरिरहेका छौँ ।’

प्रभावित जिल्लाहरूमा फरेन्सिक चिकित्सकहरूको आवश्यकता बढेको प्रहरीले जनाएको छ । लामो समयसम्म पहिचान खुल्न नसकेका शवहरूको हकमा भने सरकारले हालै स्वीकृत गरेको नयाँ कार्यविधिअनुसार फरेन्सिक नमूना संकलन गरी सुरक्षित राख्दै व्यवस्थापनको प्रक्रिया अघि बढाइने डिआइजी काफ्लेले जानकारी दिनुभयो । –न्युज एजेन्सी नेपाल