३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले

सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले
तस्बिरः हरिराम भेटुवाल/रासस
अ+ अ-

नुवाकोट। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले स्रोतको कुनै कमी हुन नदिने बताउनुभएको छ ।

नुवाकोट सदरमुकाममा जिल्ला समन्वय समितिले आज आयोजना गरेको सर्वपक्षीय छलफलका क्रममा उहाँले उद्धार, राहत सामग्री वितरण र शव व्यवस्थापन अहिले सरकारको मुल मुद्दा रहेको बताउनुभयो ।

“राहत सामग्री वितरणलाई न्यायोचित ढङ्गले वास्तविक पीडितसम्म पुर्‍याउने काममा तीनै तहको सरकारले समन्वय गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “शव व्यवस्थापन राजनीतिक दलहरूको सर्वस्वीकार्य सहमतिमा गरिन्छ । राज्यले स्रोतको कुनै कमी हुन दिँदैन ।” अर्थमन्त्री वाग्लेले बाढीका कारण सम्पर्क विच्छेद भएका प्रमुख दुई/तीन वटा स्थानमा तुरुन्तै बेलिब्रिज राखिनेसमेत बताउनुभयो ।

त्यसैगरी, सोही छलफलमा सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशीमा हालै आएको बाढी कल्पनाभन्दा बढी शक्तिशाली भएकाले अहिले राज्यको पूरै शक्ति यहीँ केन्द्रित भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “आजसम्म जुन स्तरमा काम भइरहेको छ, राज्यको पूरै शक्ति यहीँ केन्द्रित भएकाले मात्र यति सम्भव भएको हो ।”

उहाँले तीनै तहको सरकारले स्वतःस्फूर्त रुपमा काम गरिरहेको बताउनुभयो । हिजोसम्म उद्धारलाई प्राथमिकता दिएकामा आजदेखि शव सङ्कलनमा जोड दिएको उहाँले जानकारी दिनुभयो । उहाँले हाल सरकारसँग सात वटा बेलिब्रिज रहेकाले सम्भाव्यता हेरेर छिटोभन्दा छिटो कहाँकहाँ जोड्न सकिन्छ त्यहाँ राख्ने पहल भइरहेको बताउनुभयो । शव व्यवस्थापनका लागि अब धेरै समय नभएकाले कुनै ढिलाइ नगर्ने प्रतिबद्धता जनाउनुभयो । “यो चोट सम्पूर्ण सरकारलाई लागेको चोट हो”, उहाँले भन्नुभयो, “यसका लागि सरकारले सकेको सबैथोक गर्छ ।”

सोही छलफलमा राष्ट्रियसभाका सांसद कृष्णप्रसाद अधिकारीले आफ्ना सुझाव राख्दै अब राहत सामग्री वितरणलाई प्राथमिकता दिन अनुरोध गर्नुभयो ।

त्यसैगरी, बागमती प्रदेशसभा सदस्य राधिका तामाङले राहत, पुनःस्थापना, उद्धारजस्ता काममा प्रदेश सरकारले उत्तिकै सक्रियता देखाएको बताउनुभयो । उहाँले अझै केही स्थानमा खोजी गरेर उद्धारका पर्खाइमा रहेकालाई ल्याउनुपर्ने सुझाव दिनुभयो ।