१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मृत घोषणा गरेको युवति ८ वर्षपछि जिउँदै फेला परेपछि…………..



अ+ अ-

मरेको भनिएका मान्छेहरु फर्केर आएका घटनाहरु हुँदैन भन्दा नि फरक नपर्ला । यस्ता घटना सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ। तर भारतमा यस्तै एउटा घटना अहिले चर्चामा आएको छ।

भारतको झारखंडकी एक युवतीलाई मृत घोषणा गरेको ८ वर्षपछि फेला परेकी छन्। उनलाई ललाई फकाई घरबाट दिल्ली लागेका एक युवकले सजिलो काम लगाईदिने भन्दै एक व्यक्तिको घरमा घरेलु कामदारका रुपमा राखेको पाईएको छ।

युवती बेच्ने दलालका रुपमा चिनिएकी ती युवाले घरबाट युवतीलाई लागेको केहि दिनपछि मृत्यु भएको खबर पठाएका थिए। बिना तलब शोषण गरेर राखिएको देखेपछि दिल्लीबाट प्रकाशित हुने एक पत्रिकामा काम गर्ने व्यक्तिले युवतीको तस्बिर खिचेर भाइरल बनाएपछि उक्त तस्बिर युवतीकै घरमा आईपुगेको र घटनाको रहस्य खुलेको हो।

युवतीका भाइले उद्धारका लागि गुमलाको एंटी–ह्यूमन ट्रैफिकिंग यूनिटमा निवेदन दर्ता गराएका छन् ।एजेन्सी