८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

क्यानाडाली प्रधानमन्त्री मालीमा

क्यानाडाली प्रधानमन्त्री मालीमा
अ+ अ-

ओटावा । क्यानाडेली प्रधानमन्त्री जस्टिन ट्र्युडे माली पुगेर त्यहाँ संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत क्यानाडेली सैनिकसँग भेट तथा परामर्श गर्नुभएको छ । उहाँ शनिबार माली पुग्नुभएको बताइएको छ । माली पुगेर उहाँले त्यहाँ शान्ति मिसनमा खटिरहेका क्यानाडाली सैनिक कार्यरत क्षेत्रमा गई आफ्ना सैनिकसँग वार्ता तथा परामर्श गर्नुभएको थियो ।

त्यस क्रममा उहाँले ती सैनिकसँग अन्तरक्रिया र आवश्यक परामर्श पनि गर्नुभएको समाचारमा जनाइएको छ ।
प्रधानमन्त्री ट्र्युडे मालीमा शनिबार करिब पाँच घन्टा बिताउनुभएको थियो । त्यसैगरी त्यस क्रममा उहाँले मालीका राष्ट्रपति सोयुमलेउ बाउबे माइगालाई पनि भेट गर्नुभएको समाचारमा जनाइएको छ ।

उहाँ मालीमा रहँदा शान्ति सुरक्षा कारण उहाँको भेटघाट र भ्रमण बारेको कुनै पनि समाचार सार्वजनिक नगरिएको क्यानाडेली सरकारले जानकारी दिएको छ ।
प्रधानमन्त्री जस्टिनसँग क्यानाडाका रक्षामन्त्री हरजित सजन र क्यानाडाली सेनाका प्रमुख जोनाथन भेन्स पनि साथमा हुनुहुन्थ्यो ।

मालीमा संयुक्त राष्ट्रसंघले शुरु गरेको शान्ति मिसनमा गएको जुन महिनादेखि क्यानाडा पनि सहभागी भएको हो । क्यानाडाले त्यहाँ एकवर्षसम्म आफ्नो सेना पठाउने जानकारी दिएको छ ।
मालीमा क्यानाडाले ८ ओटा हेलिकोप्टरसहित करिब २५० जना सेना पनि उपलब्ध गराएको छ । त्यहाँ अरु देशका पनि शान्ति सैन्य खटेका छन् ।

माली गरिबी, भोकमरी तथा हिंसाका कारण समस्यामा परेको छ । त्यहाँ मुस्लिम अतिवादीहरुका कारण सन् २०१२ देखि गृहयुद्ध जारी छ । जसका कारण हजारौँ नागरिकले ज्यान गुमाएका छन् । रासस