८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता

जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग

जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग
अ+ अ-

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शम्भुप्रसाद ढकालले जेन–जी आन्दोलनका घाइते, शहीद परिवार तथा कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका आश्रित परिवारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ढकालले राज्यले गरेका प्रतिबद्धता पूरा गर्न नसक्नु र परिवर्तनका लागि संघर्ष गरेका नागरिकलाई सडकमा अलपत्र पार्नु गम्भीर त्रुटि भएको बताउनुभयो।

उहाँले २०८२ मंसिर २४ गते जेन–जी आन्दोलनकारीसँग भएको सम्झौता अझै कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाउनुभयो। घाइते तथा शहीद परिवारले २३ बुँदे माग राखेर संघर्ष गरिरहेको उल्लेख गर्दै उहाँले राज्यले तत्काल सम्बोधन गर्न सक्ने मागमा समेत ढिलाइ गर्न नहुने बताउनुभयो।

सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै ढकालले भन्नुभयो, “खोलो तरेपछि लौरो बिर्सने हो ? परिवर्तनका लागि लडेका घाइतेहरू शरीरमा गोलीका छर्रा बोकेर देश–विदेशमा मजदुरी गर्न बाध्य छन्, यो राज्यका लागि लज्जाको विषय हो।”

उहाँले स्वास्थ्य मन्त्रालयसँग हालै भएको पाँचबुँदे सहमति पूर्ण रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभयो। साथै, कर्तव्य पालनाका क्रममा ज्यान गुमाउने सुरक्षाकर्मीका परिवारलाई सरकारले उपलब्ध गराउँदै आएको १० लाख रुपैयाँको राहत अपर्याप्त रहेको भन्दै त्यसलाई पुनरावलोकन गर्नुपर्ने धारणा राख्नुभयो।