काठमाडौँ । इन्द्रजात्राको दोस्रो दिन हनुमानढोका दरबार परिसरमा आयोजित कुमारी पूजामा ५०४ जना बालिकाको पूजा गरिएको छ।
पूजामा स–साना बालिकाहरूलाई कुमारीको स्वरूप मानी विधिपूर्वक पूजा गरिएको हो। नेवार समुदायको धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार बालिकालाई कुमारीका रूपमा पूजा गर्दा उनीहरू स्वस्थ र निरोगी रहने जनविश्वास रहेको छ।
हनुमानढोका दरबार परिसरमा सम्पन्न कुमारी पूजामा सहभागी बालिकाहरूलाई विधिअनुसार पूजा गरी प्रसाद तथा टीका प्रदान गरिएको थियो।
तस्बिर: रवि दास श्रेष्ठ/शंकर भुजेल/नेपाल फोटो सर्भिस (NPS)




























