८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग

बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने

बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने
अ+ अ-
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षणको जिम्मा सरकारले लिने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री वादीले बाढीका कारण अभिभावक गुमाएका तथा विस्थापित बालबालिकाको पहिचान गरी उनीहरूको १८ वर्षसम्म पालनपोषण, शिक्षा र स्वास्थ्यको व्यवस्था गर्ने गरी मन्त्रालयले विशेष योजना अघि बढाएको जानकारी दिनुभयो ।

उहाँले बाढी प्रभावित क्षेत्रमा बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको सुरक्षा र पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । प्रभावित बालबालिकामध्ये पाँच वर्गको पहिचान गरी उनीहरूको शिक्षा र स्वास्थ्यको जिम्मेवारी सरकारले लिने उहाँको भनाइ थियो ।

मन्त्री वादीका अनुसार उक्त कार्यक्रम सञ्चालनका लागि एमआइटी ग्रुप फाउन्डेसनसँग ५७ करोड ८५ लाख रुपैयाँको समझदारी भएको छ भने बालकोषबाट तत्काल ७ करोड रुपैयाँ परिचालन गरिएको छ ।

विपद्का समयमा बालबालिकाको ओसारपसार तथा स्थानान्तरणमा कडा निगरानी गरिएको जानकारी दिँदै उहाँले राष्ट्रिय बाल अधिकार परिषद्को सहमति र स्थानीय तहको सिफारिसविना बालबालिकाको ओसारपसार गरिएमा गैरकानुनी हुने बताउनुभयो ।

ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि धादिङ, नुवाकोट र रसुवामा विशेष हेरचाह केन्द्र निर्माण गरिने पनि मन्त्री वादीले जानकारी दिनुभयो । हालसम्म बाढीबाट १४४ जना अपाङ्गता भएका व्यक्ति प्रभावित भएको तथ्याङ्क सरकारले संकलन गरेको उहाँले बताउनुभयो ।

सडक सञ्जाल अवरुद्ध भएका क्षेत्रमा ११ जना सुत्केरी तथा गर्भवती महिलाको हवाई उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको र नुवाकोट तथा धादिङमा महिलामैत्री सुरक्षित स्थल स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।

विपद् प्रतिकार्यका लागि बाल हेल्पलाइन १०९८, महिला हेल्पलाइन तथा मनोसामाजिक परामर्शकर्तालाई परिचालन गरिएको बताउँदै मन्त्री वादीले विपद्का समयमा सरकारी तथा गैरसरकारी निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।