२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन

यातायात कार्यालय धनगढीद्वारा ३६ करोड राजस्व संकलन

चालु आवमा कार्यालयको बेरुजु रकम हालसम्म रु शून्य रहेको कार्यालयका प्रमुख पालीले बताए। कार्यलयले गत आवमा विभिन्न राजस्व शीर्षकबाट ६५ करोड ३१ लाख ६३ हजार ९६ राजस्व संकलन गरेको थियो भने बेरुजु रकम एक लाख १९ हजार एक सय रहेको थियो।

यातायात कार्यालय धनगढीद्वारा ३६ करोड राजस्व संकलन
अ अ+ अ-

धनगढी। यातायात व्यवस्था कार्यालय धनगढीले चालू आर्थिक वर्षको हालसम्म रु ३६ करोड बढी राजस्व संकलन गरेको छ। कार्यालयले चालू आवको पुस मसान्तसम्म विभिन्न शीर्षकबाट ३६ करोड ९९ लाख ९१ हजार छ सय ९५ राजस्व संकलन गरेको हो।

यातायात व्यवस्था कार्यालयका प्रमुख विनोदकुमार पालीले कार्यालयले सवारीसाधन करबाट सबैभन्दा बढी २७ करोड ६६ लाख ४४ हजार चार सय ७० राजस्व संकलन गरेको जानकारी दिए। सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट पाँच हजार चार सय राजस्व संकलन गरेको छ।

चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट आठ करोड ७४ लाख १९ हजार नौ सय ९५, रुटपरमिट, प्रदूषण, पटके (अन्य देशका सवारीबाट उठाइएको)बाट ५१ लाख २५ हजार ३० र व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट सात लाख ९६ हजार आठ सय राजस्व संकलन गरेको छ।

चालु आवमा कार्यालयको बेरुजु रकम हालसम्म रु शून्य रहेको कार्यालयका प्रमुख पालीले बताए। कार्यलयले गत आवमा विभिन्न राजस्व शीर्षकबाट ६५ करोड ३१ लाख ६३ हजार ९६ राजस्व संकलन गरेको थियो भने बेरुजु रकम एक लाख १९ हजार एक सय रहेको थियो।