काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले नदी किनारका बस्तीमा पुर्याएको असरप्रति दुःख व्यक्त गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत देउवाले बूढीगण्डकी र त्रिशूली नदी किनारका तटीय क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।
उनले विपद्को समयमा बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा जुट्न नेपाली कांग्रेसका सम्पूर्ण नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।








