२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग

कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि

कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा हालसम्म २ हजार २३१ मत गणना भएको छ। कुल ७ हजार ४३ मत खसेकोमा जारी मतगणनामा उपसभापति र महामन्त्रीका उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ।

उपसभापति खुलातर्फ दुई पदका लागि डा. चन्द्रकान्त भण्डारी १ हजार ५७ मतसहित पहिलो स्थानमा छन्। ई. मधु आचार्य ७१२ मतसहित दोस्रो र सुरेन्द्रराज पाण्डे ६८० मतसहित तेस्रो स्थानमा छन्। यस्तै, गोविन्द भट्टराईले ६०९, धनराज गुरुङले ४०६, दीपक गिरीले ३०१ र प्रा. डा. चन्द्रमोहन यादवले १९३ मत पाएका छन्।

समावेशीतर्फको एक उपसभापति पदमा विनोदकुमार चौधरी ६१५ मतसहित अग्रस्थानमा छन्। जीवन परियारले ५७८, सीता गुरुङले ३३४, फरमुल्लाह मन्सुरले २८५ र रञ्जित कर्णले १८३ मत प्राप्त गरेका छन्।

महामन्त्री खुलातर्फ दुई पदका लागि प्रदीप पौडेलले १ हजार ३८१ मतसहित स्पष्ट अग्रता बनाएका छन्। उदयशम्शेर राणा ७८६ मतसहित दोस्रो र अमरसिंह पुन ६९५ मतसहित तेस्रो स्थानमा छन्। डा. सुनिलकुमार शर्माले ५२६, गुरुराज घिमिरेले ३२८, नैनसिंह महरले २७०, शंकर तिवारीले ४६ र डा. सन्तोष उपाध्यायले २८ मत पाएका छन्।

महामन्त्री महिलातर्फ डा. डिला संग्रौला (पन्त) ९६५ मतसहित अगाडि छन्। महालक्ष्मी उपाध्याय (डिना) ले ९५२ र रिता खनालले २५१ मत प्राप्त गरेका छन्।

मतगणना जारी रहेकाले उम्मेदवारहरूको मतपरिणाम फेरबदल हुन सक्नेछ। कुल ७ हजार ४३ मत खसेकाले अन्तिम परिणामका लागि थप मतगणना हुन बाँकी छ।