काठमाडौं । नेपाली बजारमा आइतबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर २ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको हो ।
त्यस्तै, चाँदीको मूल्य पनि आइतबार प्रतितोला ३५ रुपैयाँले बढेको छ ।
शुक्रबार प्रतितोला ४ हजार ४०५ रुपैयाँ रहेको चाँदी आइतबार ४ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।








