काठमाडौं । काठमाडौँको हनुमानढोका दरबारमा विधिपूर्वक जमरा राखिएसँगै यस वर्षको बडादशैं औपचारिक रूपमा सुरु भएको छ।
घटस्थापनाको अवसरमा हनुमानढोकामा वैदिक विधिअनुसार जमरा राखिएको हो। जमरा राख्ने कार्यक्रममा मङ्गलधुन बजाउनुका साथै तोपको सलामीसमेत दिइएको थियो।
घटस्थापनासँगै नेपालीहरूको प्रमुख पर्व बडादशैंको धार्मिक तथा सांस्कृतिक विधि औपचारिक रूपमा सुरु भएको छ। घटस्थापनादेखि सुरु हुने दशैंमा विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा पूजा–आराधना गर्ने र घरघरमा जमरा राख्ने परम्परा छ।








