५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा

दोश्रो विश्व विद्यालय खेलकुद पोखरामा

दुईदिने प्रतियोगिताका सम्पूर्ण खेल पोखरा रंगशाला हातामा खेलाइने छ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा संयोजक सुवेदीको अध्यक्षतामा शुक्रबार राखेपमा बसेको बैठकमा छलफल भएको थियो ।

दोश्रो विश्व विद्यालय खेलकुद पोखरामा
अ+ अ-

काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा दोश्रो विश्व विद्यालय खेलकुद प्रतियोगिता माघ २३ गतदेखि पोखरामा हुने भएको छ ।

विश्व विद्यालय अनुदान आयोगको सह–आयोजना तथा गण्डकी विश्वविद्यालयको समन्वयमा हुने प्रतियोगितामा विभिन्न ४ खेलमा प्रतिस्पर्धा हुनेछ । भलिबल, एथलेटिक्स, टेबलटेनिस र ब्याडमिन्टनमा १७ स्वर्णका लागि प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक समेत रहेका राखेपका सदस्य डा. मधुसुदन सुवेदीले जनाएका छन् ।

भलिबलमा पुरुषतर्फ मात्र खेल हुनेछ । पुरुष÷महिलातर्फ एथलेटिक्समा समान ४–४ तथा टेबलटेनिस र ब्याडमिन्टनमा समान २–२ स्पर्धामा खेल हुनेछ । प्रतियोगितामा १० विश्वविद्यालयका २ सय ६० खेलाडी सहभागी हुने खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जानकारी गराए ।

दुईदिने प्रतियोगिताका सम्पूर्ण खेल पोखरा रंगशाला हातामा खेलाइने छ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा संयोजक सुवेदीको अध्यक्षतामा शुक्रबार राखेपमा बसेको बैठकमा छलफल भएको थियो ।