२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन

समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?

समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?
अ अ+ अ-

काठमाडाैँ । सामाजिक सुरक्षा कोषको खातामा योगदानकर्ताले बुझाएको १ खर्ब २ अर्ब भन्दा बढी रकम जम्मा भएको छ ।फागुन १० गतेसम्ममा कोषमा १ खर्ब २ अर्ब ५४ करोड जम्मा भएको हो ।

विसं २०७५ को मंसिर ११ गते सामाजिक सुरक्षा योजनाहरूको औपचारिक आरम्भ भएको थियो । उसले योगदानकर्ताहरूबाट रकम सङ्कलन गर्न २०७६ साउन १ गतेदेखि थालेको हो ।

सामाजिक सुरक्षा कोषमा औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको मासिक आधारभुत पारिश्रमिकको ३१ प्रतिशत रकम जम्मा गरिन्छ । यसमा ११ प्रतिशत श्रमिक स्वयंले र २० प्रतिशत रोजगारदाताले बुझाउनुपर्ने हुन्छ । त्यसका अतिरिक्त योगदानकर्ताले आफ्नो इच्छाअनुसार योगदान रकम थप्न पनि सक्छन् । प्रत्येक महिनाको योगदान अर्काे महिनाको १५ गतेभित्रै कोषमा जम्मा गरिसक्नुपर्छ ।

कोषमा जम्मा हुने रकम दिनप्रतिदिन बढ्दै गएको हो । सामाजिक सुरक्षा कोषका प्रवक्ता कृष्ण अधिकारीले कोषको रकमलाई  सुरक्षित राखिएको बताए । उनकाअनुसार कोषले सरकारी ऋणपत्र, बन्ड, वाणिज्य बैङ्कहरूको निक्षेप, म्यूचुअल फन्ड, डिबेन्चर आदिमा लगानी समेत गरेको छ ।  योगदानकर्तालाई सापटीका रूपमा पनि लगानी भइरहेको छ ।

“सामाजिक सुरक्षा कोषमा जम्मा हुने रकम दिनप्रतिदिन बढ्दै गएको छ ।  कोषमा जम्मा हुने रकमलाई सरकारी ऋणपत्र, बन्ड, वाणिज्य बैंकहरूको निक्षेप, म्यूचुअल फन्ड, डिबेन्चर आदिमा लगानी समेत गरिएको छ । योगदानकर्तालाई सापटीका रूपमा पनि लगानी गरिएको छ,”उनले भने ।

सामाजिक सुरक्षा कोषमा श्रमिक वा योगदान कर्ताको विभिन्न क्षेत्र छुट्याएको छ । यसमा औपचारिक, अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारी गरी चार वटा क्षेत्र छुट्याइका छन् ।

यो कोषमा आवद्ध हुने योगदानकर्ताले औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना गरेर चार वटा योजनाबाट लाभ लिन सक्दछन् ।

अहिले कोषमा आवद्ध भएका योगदानकर्ताहरूको सङ्ख्या २८ लाख २२ हजार ३३३ पुगिसकेको छ । सूचीकृत रोजगारदाताको सङ्ख्या २३ हजार ८४ पुगेका छन् ।

कुल योगदानकर्ताहरूमध्ये औपचारिक क्षेत्रका श्रमिकहरू झन्डै ६ लाख ७९ हजार जति रहेका छन् भने झन्डै २२ लाख जना वैदेशिक रोजगारीमा गएकाहरू रहेका छन् ।

अनौपचारिक क्षेत्रका अनि स्वरोजगारमा रहेकाहरूको हिस्सा थोरै रहेको देखिन्छ । ८५४ जनामात्रै त्यस्ता श्रमिक सामाजिक सुरक्षा कोषमा सहभागि भएका छन् भने ८०८ जना स्वरोजगार क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध छन् ।