• १० असार २०८१, सोमबार
  •      Mon Jun 24 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको शिष्टाचार भेट ★   काठमाडौँ महानगरपालिकाको बजेट २५ अर्ब ७० करोड ★   अपाङ्गताले छेकेन पार्वतीको उद्यमी बन्ने रहर ★   अयोध्यामा राम मन्दिर बनाउन नेपालबाट लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्छ: वामदेव गौतम ★   भारत र अष्ट्रेलियाको खेलअघि सेन्ट लुसियामा भीषण वर्षा ★   नेपालको अलैंचीलाई विश्व बजारमा निर्यात गर्न कुटनीतिक पहल गर्नुपर्छ: सभामुख घिमिरे ★   नेपाली अलैंची विश्व बजारमा निर्यात गर्न सरकारले पहल गरिरहेको छ: कृषिमन्त्री साह ★   ‘मुन्ज्या’ले १०० करोड कमायो ★   देशलाई राम्रो प्रधानमन्त्री चाहिएको छ तर प्रधानमन्त्री राम्रो जादुगर बन्न लाग्नुभयो: रमेश लेखक ★   हनुमान चालिसा कहिले र कसले लेखे ?

सन् २०१९ मा आउने बहुप्रतिक्षित स्मार्टफोनहरु



नयाँ वर्ष सन् २०१९ सुरु भइसकेको छ र यो वर्ष पनि विश्वका चर्चित स्मार्टफोन कम्पनीहरुले आफ्ना नयाँ प्रडक्ट सार्वज्निक गर्ने तयारीमा जुटिसकेका छन् ।

यसको अर्थ स्मार्टफोन प्रयोगकर्ताहरुले यो वर्ष पनि स्मार्टफोन उद्योगमा नयाँ प्रविधि, अन्वेषण तथा फिचरहरु देख्न पाउनेछन् ।

यो वर्ष बजारमा आउने उल्लेखनीय स्मार्टफोन यी हुनेछन्ः

· सामसुङको ग्यालेक्सी एस १० प्लस स्मार्टफोन आगामी फेब्रुअरीमा हुने मोबाइल वल्र्ड कंग्रेसका आसपासमा सार्वजनिक हुने अनुमान गरिएको छ ।

· त्यस्तै सामसुङले आफ्नो ग्यालेक्सी नोट १० स्मार्टफोन पनि यो वर्ष सार्वजनिक गर्नेछ । आगामी अगष्टमा सामसुङले यो फ्याब्लेट सार्वजनिक गर्नेछ ।

· गुगल पिक्सेल फोरस् गुगलले आगामी अक्टोबरमा आफ्नो फ्लागसीप स्मार्टफोन पिक्सेल फोर बजारमा ल्याउने योजना बनाएको छ ।

· नोकिया नाइनस् नोकियाको नोकिया नाइन स्मार्टफोन मार्च महिनामा लञ्च हुने अपेक्षा गरिएको छ । नोकिया नाइनको मुख्य विशेषता भनेको यसको पछाडिको भागमा ५ वटा क्यामरा हुनेछन् भने अगाडि एउटा सेल्फी क्यामेरा ।

· सामसुङले आगामी मार्चमा पहिलोपटक फोल्डेबल स्क्रिन भएको स्मार्टफोन सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । उक्त स्मार्टफोनको नाम ग्यालेक्सी एक्स रहन सक्ने अड्कल काटिएको छ ।

· चिनिया कम्पनी शाओमी आफ्नो रेडमी नोट सेभेन प्रो स्मार्टफोन यो वर्ष ल्याउनेछ ।

· पछिल्लो समय चर्चा र विवादमा रहेको चिनिया कम्पनी हुवावेले यो वर्ष पी ३० प्रो स्मार्टफोन ल्याउनेछ ।

· वन प्लसले आफ्नो पहिलो फाइभ जी टेक्नोलोजीमा आधारित स्मार्टफोन यो वर्ष ल्याउनेछ ।

· एलजीले यो वर्ष एलजी जी एट थिन क्यू स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । आगामी जून महिनामा यो स्मार्टफोन बजारमा आउनेछ ।

· हुवावेले पनि आफ्नो पहिलो फोल्डेबल डिस्प्ले भएको स्मार्टफोन यो वर्ष ल्याउने अपेक्षा गरिएको छ ।

एजेन्सी