१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

नेपालको अलैंचीलाई विश्व बजारमा निर्यात गर्न कुटनीतिक पहल गर्नुपर्छ: सभामुख घिमिरे

नेपालको अलैंचीलाई विश्व बजारमा निर्यात गर्न कुटनीतिक पहल गर्नुपर्छ: सभामुख घिमिरे
अ अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालमा उत्पादित अलैंचीलाई विश्व बजारमा निर्यात गर्न सरकारले कुटनीतिक पहल गर्न आवश्यक रहेको बताउनुभएको छ ।

सोमवार ललितपुरमा आयोजित ‘अलैंचीबारे वर्तमान स्थिति अवसर र चुनौती’ विषयक राष्ट्रिय सम्मेलनमा बोल्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाली अलैंचीको बजार सुनिश्चित नभएकाले सरकारले विदेश निर्यातको लागि पहल गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालमा उत्पादित अलंैची भारतमा निर्यात हुने तर भारतले आफ्नो उत्पादन भन्दै विश्वबजारमा निर्यात गर्ने गरेको बताउनु भयो । उहाँले विश्व बजारमा नेपालमा उत्पादित अलैंची सिधै निर्यात गर्ने वातावरण बनाउन सरकारले सहजिकरण गर्न आवश्यक रहेको बताउनु उल्लेख गर्नुभयो । सभामुख घिमिरेले अलैंचीबाट विभिन्न अन्य वस्तुहरु समेत बनाउन सक्ने अवस्था रहेको बताउनु भयो । उहाँले अलैंचीलाई अनलाइन मार्केटिङको रुपबाट विकास गर्न पनि आवश्यक रहेको बताउनु भयो ।

उहाँले वयर हाउसहरु बनाउने र अक्सन प्रणालीमा नेपाली अलैंचीको दर रेट तय गरी अक्सन हाउसको रुपमा विकास गर्न जरुरी रहेको बताउनु भयो । उहाँले अहिले विचौलीयाहरुले बीचमा मुनाफा खाने काम गर्दा उत्पादकहरुले उचित मूल्य नपाउने र उचित मूल्य नपाउँदा बजार पनि अनिश्चित भएर जाने अवस्था रहेको बताउनु भयो । उहाँले भारतमा निर्यातमा पनि विभिन्न जटिलताहरु रहेको भन्दै सरकारले अलैंची निर्यात नीतिगत रुपमा सहजिकरण गर्न आग्रह गर्नुभयो । उहाँले भारतमा अलैंची निर्यातमा रहेका समस्या हटाउन दुई देशबीचमा त्रिपक्षिय छलफल गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अलैंचीको रोगहरुलाई हटाउने र प्लानटेशनहरु गरी विरुवालाई उत्पादनमुखी बनाउन सकेको खण्डमा असन्तुलित बजारलाई सन्तुलनमा ल्याउने र निर्यात गर्दा विदेशी मुद्रा आर्जन समेत सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अलैंचीका विरुवाहरु मर्ने रोग पत्ता लगाउन नसक्दा पुरानो मर्ने र नयाँ विरुवा लगाउने प्रक्रियामा अलैंची खेती चलेको छ । नयाँ ठाउँमा रोग नलागि फल्ने गरेको छ । तर बजारको सुनिश्चिता छैन । अलैंचीको बजार सुनिश्चित गर्नको लागि राज्यको तर्फबाट कुटनीतिक पहल गर्न आवश्यक छ । नेपालको अलैंची भारतमा बेच्नुपर्ने र भारतले आफ्नो उत्पादनको नामबाट विश्व बजारमा अर्थात खाडी मुलुकहरुमा पठाउने गरेको छ । तर सिधै नेपाली उत्पादन अलैंची खाडी मुलुकहरुमा निर्यातको पहल गर्नुपर्छ । उद्योग वाणिज्य महासंघले केही शुरुवात गरेको छ तर सफलता पाएको छैन । झापाको विर्तामोड अहिले केन्द्र बनेको छ । अलैंचीको प्याकेट बनाएर बेच्न शुरु भएको छ । अलैंचीलाई प्रशोधन गरेर अरु केके गर्न सकिन्छ ।’

‘अलैँचीको बोक्राबाट अन्य मुलुकहरुले रंग उत्पादन गर्ने गरेका छन् तर हाम्रोमा सामान्य प्रविधि प्रयोग गर्दा पनि बन्न सक्छ हाम्रो ध्यान गएको छैन । अलैंचीलाई अनलाइन मार्केटिङको रुपबाट विकास गर्नुपर्छ । वयर हाउसहरु बनाउने र अक्सन प्रणालीमा नेपाली अलैंचीको दर रेट तय हुने वातावरण बनाउने गरी अक्सन हाउसको रुपमा विकास गर्नुपर्छ । अहिले विचौलीयाहरुको बीचमा मुनाफा खाने काम गर्दा उत्पादकहरुले उचित मूल्य नपाउने र उचित मूल्य नपाउँदा बजार पनि अनिश्चित भएर जाने गरेको छ । भारतमा नियातमा पनि विभिन्न जटिलता छन् । सरकारले अलैंची निर्यात नीतिमा रहेका समस्या सहजिकरण गर्नुपर्छ । दुई देशबीचमा क्रिपक्षिय छलफल गर्नु आवश्यक छ । खाडी मुलुकमा निर्यात गर्न कसरी प्रवद्र्धन गर्नसक्छौं । अलैंचीको रोगहरुलाई हटाउने र प्लानटेशनहरु गरी विरुवाहरु वितरण गर्नुपर्छ । बिरुवालाई उत्पादनमुखी बनाउन सकेको खण्डमा असन्तुलित बजारलाई सन्तुलनमा ल्याउने र निर्यात गर्दा विदेशी मुद्रा आर्जन समेत हुनेछ ।’

उहाँले अलैंचीका बिरुवाहरु मर्ने रोग पत्ता लगाउन नसक्दा पुरानो मर्ने र नयाँ बिरुवा लगाउने प्रक्रियामा अलैँची खेती चलेको बताउनु भयो । उहाँले अलैंचीमा लाग्ने रोगको सरकारले पहिचान गर्न आवश्यक रहेको बताउनु भयो ।