२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको अलैंचीलाई विश्व बजारमा निर्यात गर्न कुटनीतिक पहल गर्नुपर्छ: सभामुख घिमिरे



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालमा उत्पादित अलैंचीलाई विश्व बजारमा निर्यात गर्न सरकारले कुटनीतिक पहल गर्न आवश्यक रहेको बताउनुभएको छ ।

सोमवार ललितपुरमा आयोजित ‘अलैंचीबारे वर्तमान स्थिति अवसर र चुनौती’ विषयक राष्ट्रिय सम्मेलनमा बोल्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाली अलैंचीको बजार सुनिश्चित नभएकाले सरकारले विदेश निर्यातको लागि पहल गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालमा उत्पादित अलंैची भारतमा निर्यात हुने तर भारतले आफ्नो उत्पादन भन्दै विश्वबजारमा निर्यात गर्ने गरेको बताउनु भयो । उहाँले विश्व बजारमा नेपालमा उत्पादित अलैंची सिधै निर्यात गर्ने वातावरण बनाउन सरकारले सहजिकरण गर्न आवश्यक रहेको बताउनु उल्लेख गर्नुभयो । सभामुख घिमिरेले अलैंचीबाट विभिन्न अन्य वस्तुहरु समेत बनाउन सक्ने अवस्था रहेको बताउनु भयो । उहाँले अलैंचीलाई अनलाइन मार्केटिङको रुपबाट विकास गर्न पनि आवश्यक रहेको बताउनु भयो ।

उहाँले वयर हाउसहरु बनाउने र अक्सन प्रणालीमा नेपाली अलैंचीको दर रेट तय गरी अक्सन हाउसको रुपमा विकास गर्न जरुरी रहेको बताउनु भयो । उहाँले अहिले विचौलीयाहरुले बीचमा मुनाफा खाने काम गर्दा उत्पादकहरुले उचित मूल्य नपाउने र उचित मूल्य नपाउँदा बजार पनि अनिश्चित भएर जाने अवस्था रहेको बताउनु भयो । उहाँले भारतमा निर्यातमा पनि विभिन्न जटिलताहरु रहेको भन्दै सरकारले अलैंची निर्यात नीतिगत रुपमा सहजिकरण गर्न आग्रह गर्नुभयो । उहाँले भारतमा अलैंची निर्यातमा रहेका समस्या हटाउन दुई देशबीचमा त्रिपक्षिय छलफल गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अलैंचीको रोगहरुलाई हटाउने र प्लानटेशनहरु गरी विरुवालाई उत्पादनमुखी बनाउन सकेको खण्डमा असन्तुलित बजारलाई सन्तुलनमा ल्याउने र निर्यात गर्दा विदेशी मुद्रा आर्जन समेत सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अलैंचीका विरुवाहरु मर्ने रोग पत्ता लगाउन नसक्दा पुरानो मर्ने र नयाँ विरुवा लगाउने प्रक्रियामा अलैंची खेती चलेको छ । नयाँ ठाउँमा रोग नलागि फल्ने गरेको छ । तर बजारको सुनिश्चिता छैन । अलैंचीको बजार सुनिश्चित गर्नको लागि राज्यको तर्फबाट कुटनीतिक पहल गर्न आवश्यक छ । नेपालको अलैंची भारतमा बेच्नुपर्ने र भारतले आफ्नो उत्पादनको नामबाट विश्व बजारमा अर्थात खाडी मुलुकहरुमा पठाउने गरेको छ । तर सिधै नेपाली उत्पादन अलैंची खाडी मुलुकहरुमा निर्यातको पहल गर्नुपर्छ । उद्योग वाणिज्य महासंघले केही शुरुवात गरेको छ तर सफलता पाएको छैन । झापाको विर्तामोड अहिले केन्द्र बनेको छ । अलैंचीको प्याकेट बनाएर बेच्न शुरु भएको छ । अलैंचीलाई प्रशोधन गरेर अरु केके गर्न सकिन्छ ।’

‘अलैँचीको बोक्राबाट अन्य मुलुकहरुले रंग उत्पादन गर्ने गरेका छन् तर हाम्रोमा सामान्य प्रविधि प्रयोग गर्दा पनि बन्न सक्छ हाम्रो ध्यान गएको छैन । अलैंचीलाई अनलाइन मार्केटिङको रुपबाट विकास गर्नुपर्छ । वयर हाउसहरु बनाउने र अक्सन प्रणालीमा नेपाली अलैंचीको दर रेट तय हुने वातावरण बनाउने गरी अक्सन हाउसको रुपमा विकास गर्नुपर्छ । अहिले विचौलीयाहरुको बीचमा मुनाफा खाने काम गर्दा उत्पादकहरुले उचित मूल्य नपाउने र उचित मूल्य नपाउँदा बजार पनि अनिश्चित भएर जाने गरेको छ । भारतमा नियातमा पनि विभिन्न जटिलता छन् । सरकारले अलैंची निर्यात नीतिमा रहेका समस्या सहजिकरण गर्नुपर्छ । दुई देशबीचमा क्रिपक्षिय छलफल गर्नु आवश्यक छ । खाडी मुलुकमा निर्यात गर्न कसरी प्रवद्र्धन गर्नसक्छौं । अलैंचीको रोगहरुलाई हटाउने र प्लानटेशनहरु गरी विरुवाहरु वितरण गर्नुपर्छ । बिरुवालाई उत्पादनमुखी बनाउन सकेको खण्डमा असन्तुलित बजारलाई सन्तुलनमा ल्याउने र निर्यात गर्दा विदेशी मुद्रा आर्जन समेत हुनेछ ।’

उहाँले अलैंचीका बिरुवाहरु मर्ने रोग पत्ता लगाउन नसक्दा पुरानो मर्ने र नयाँ बिरुवा लगाउने प्रक्रियामा अलैँची खेती चलेको बताउनु भयो । उहाँले अलैंचीमा लाग्ने रोगको सरकारले पहिचान गर्न आवश्यक रहेको बताउनु भयो ।