११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

लैंगिक समानता घरबाटै सुरु गरौ, लैंगिक हिंसा अन्त्य गरौ

लैंगिक समानता घरबाटै सुरु गरौ, लैंगिक हिंसा अन्त्य गरौ
अ अ+ अ-

बिराटनगर । लैंगिक हिंसा र मानव बेचबिखन विरुद्दको प्रदेश स्तरिय अभियानमुलक कार्यक्रम २०८० को समिक्षा गोष्ठी सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटगरको सभाहलमा आज भएको कार्यक्रममा कार्यक्रमका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले निरन्तरुपमा प्रहरीले संचालन गर्दै आईरहेको यो अभियानले मुलुकलाई नै सकारात्मक दिशा तर्फ लैजाने बताउनु भयो ।उहाँले कार्यक्रम सफल बनाउन प्रत्यक्ष सहयोग पुर्‍याउनु हुने कोशी प्रदेश सरकार तथा कोशी प्रदेश सामजिक बिकास मन्त्रालयलाई हार्दिक आभार व्यक्त गर्नु भयो । साथै वहाँले लैंगिक समानता घरबाटै सुरु गरौ, लैंगिक हिंसा अन्त्य गरौ भन्दै कार्यक्रमलाई प्रभावकारीरुपमा संचालन गर्न अग्रसर रहेका कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी कार्यालय तथा अन्तरगत रहेका युनिटहरुलाई बिशेष धन्यवाद व्यक्त गर्नु भयो ।

कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका सामाजिक विकाश महाशाखा प्रमुख श्रीमती दुर्गा भण्डारी बरालले कोशी प्रदेश सामजिक बिकास मन्त्रालय तथा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको समन्वय र सहकार्यमा संचालन भएको लैंगिक हिंसा र मानव बेचबिखन विरुद्दको प्रदेश स्तरिय अभियानमा प्रदेश प्रहरी कार्यलयले प्रदेशका १४ वटै जिल्लालाई समेटेर गरेको उत्कृष्ट कार्यको प्रसंसा गर्नु हुदै आगामि दिनमा हुने कार्यक्रममा समेत प्रदेश सरकारको तर्फबाट साथ र सहयोग रहने बताउनु भयो ।

लैंगिक हिंसा र मानव बेचबिखन विरुद्दको समिक्षा गोष्ठी कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जमुना कुमारी बस्नेतले समग्ररुपमा कोशी प्रदेशका जिल्लाहरुमा प्रहरीद्वारा गरिएका लैंगिक हिंसा बिरुद्धका बिभिन्न सचेतनामुलक कार्यक्रमहरुको बारेमा प्रस्तुतिकरण र समिक्षा गर्नु भएको थियो भने सामाजिक मन्त्रालय कोशी प्रदेशको तर्फबाट सामाजिक मन्त्रालयका प्रतिनिधि रोशना कोईरालाले लैंगिक हिंसा र मानव बेचबिखन विरुद्दको अभियानको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।

यसै गरी जिल्ला प्रहरी कार्यालयहरुबाट आउनु भएका लैंगिक फोकल अफिसरहरु समेतले आ-आफ्नो जिल्लामा भएका लैंगिक हिंसा र प्रहरीद्वारा गरिएका सचेतनामुलक कार्यक्रमको विवरण सहितको प्रस्तुतिकरण गर्नु भएको थियो । साथै उक्त कार्यक्रममा एबिसी नेपाल कोशी प्रदेशकी अध्यक्ष श्रीमती बिष्णु शर्मा पन्त, पत्रकार महासंघ मोरङका कार्यवाहक अध्यक्ष तारा आचार्य समेतले आ(आफ्नो भनाई व्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती भावना श्रेष्ठ खापुङ, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, सिनियर तथा जुनियर प्रहरी अधिकृतहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधि, संचारकर्मी, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीहरु तथा प्रहरी कर्मचारीहरुका साथै जिल्ला प्रहरी कार्यालयहरुको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, सामुदायिक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।