१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

नेपाली अलैंची विश्व बजारमा निर्यात गर्न सरकारले पहल गरिरहेको छ: कृषिमन्त्री साह

नेपाली अलैंची विश्व बजारमा निर्यात गर्न सरकारले पहल गरिरहेको छ: कृषिमन्त्री साह
अ अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले नेपालमा उत्पादित अलैंचीलाई विश्व बजारमा निर्यातको लागि सरकारले पहल गरिरहेको छ ।

सोमवार ललितपुरमा आयोजित ‘अलैंचीबारे वर्तमान स्थिति अवसर र चुनौती’ विषय राष्ट्रिय सम्मेलनमा बोल्दै कृषिमन्त्री साहले यस्तो बताउनुभएको हो ।

उहाँले विश्व बजारमा नेपाली अलैंचीको माग बढ्दै गएकाले जीटुजीमार्फत निर्यात गर्ने गरी समन्वय र छलफल भइरहेको बताउनु भयो । उहाँले अलैंची विश्व बजारमा निर्यातको लागि नीतिगत रुपमा सहजिकरण गर्नको लागि पुराना कानूनलाई संशोधन गर्ने तयारमा सरकार रहेको बताउनु भयो । मन्त्री साहले अलैंची निर्यातको लागि नीतिगत र राजश्वको विषयलाई नीतिगत रुपमा सुधार गर्न जरुरी रहेको बताउनु भयो । उहाँले कृषिमा बैंकको कर्जा र सरकारले लिने अनुदान कृषि गर्न चाहने किसानहरुको हातमा पुग्न नसकेको स्वीकार गर्नुभयो ।

उहाँले कृषिमा राम्रो काम गर्नेहरु पुँजीको अभावजमा काम गरिरहने तर काम गर्न नचाहने काम चोरहरु फाइल लिएर हिडेकाहरु अनुदान लिएर दुरुपयोग गरेको बताउनु भयो । उहाँले समृद्धि मुलुक बनाउने र जनतालाई सुखी बनाउने सपना लिएर हिँडे पनि यस्त विकृतिबाट देश समृद्ध हुन नसक्ने बताउनु भयो । उहाँले सरकारले अब यस्ता विकृति र गलत काम गर्नेको पहिचान गरी कारबाही गर्ने बताउनु भयो । उहाँले कृषि क्षेत्रमा रहेको विकृती मन्त्री एकलैले हटाउन सक्ने भन्दै सबैको साथ सहयोग आवश्यक रहेको बताउनु भयो। उहाँले प्रधानमन्त्री कृषि परियोजनामार्फत सुपर जोनको हिसाबले अलैँची खेतीलाई बढावा दिएर निर्यातमा जोड दिन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘कृषि मन्त्रालयलाई दोस्रो प्राथमिकताका साथ बजेट तर्जुमा गर्नुपथ्र्यो । सबैभन्दा महत्वपूर्ण मन्त्रालय हुँदाहुँदै पनि बजेटको अभाव पनि छ । सबैभन्दा बढी छलफल गर्नुपर्ने विषयहरु कृषि मन्त्रालयमा पर्छ । नेपालमा उत्पादित अलैंचीको विश्व बजारमा माग बढेको छ । नेपाली अलैंचीलाई निर्यातको लागि जीटुजी मार्फत जाने विषयमा समन्वयको लागि छलफल भइरहेको छ । निर्यातको लागि नीगित र राजश्वको विषय पनि उठेको छ । त्यसको लागि नीतिगत सुधार गर्न जरुरी छ । नीतिहरु बने पनि विभिन्न कारणले अल्झिएको अवस्था छ । त्यसको लागि कानूनलाई संशोधन गरी प्राथमिकताका साथ जान आवश्यक छ । बैंकको कर्जा र सरकारले लिने अनुदान कृषि गर्न चाहने किसानहरुको हातमा पुग्न सकेको छैन । कृषिमा राम्रो काम गर्नेहरु काम गरिरहनु भएको छ । सरकारले कृषिमा दिने अनुदान काम गर्न नचाहने काम चोरहरु फाइल लिएर हिँडेकाहरु अनुदान पायो तर अनुदानको नाममा दुरुपयोग गरेको भेटिन्छ । तर हामी समृद्धि मुलुक बनाउने र जनतालाई सुखी सपना लिएर हिँडिरहेका छौं । तर यो तरिकाले हुँदैन । यस्तो विकृतिबाट देश समृद्ध हुँदैन । हामी विकृति र गलत कामलाई प्ररास्त गर्नको लागि सबैको साथ सहयोग आवश्यक छ । प्रधानमन्त्री कृषि परियोजना मार्फत सुपर जोनको हिसाबले अलंैची खेतीलाई बढवा दिनुपर्छ । अलैंचीलाई निर्यातमा जोड दिनुपर्छ ।’

उहाँले कृषि मन्त्रालयलाई दोस्रो प्राथमिकताका साथ बजेट तर्जुमा गर्नुपर्ने भएपनि सबैभन्दा कम गरिएको गुनासोल बताउनु भयो । उहाँले सबैभन्दा महत्वपूर्ण मन्त्रालय हुँदाहुँदै पनि बजेटको अभाव रहेको बताउनु भयो ।