१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति

म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु

म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु
अ अ+ अ-

म्याग्दी। बाढीपहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्तिका लागि प्रसारण लाइन मर्मत सुरु गरिएको छ ।

यही असोज ८ देखि ११ गतेसम्मको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, धिरच्याङ र दोवाको भिरकाटेमा २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको चारवटा टावर ढलेको थियो । टावर ढल्दा लाइन चुडाएकाले मुस्ताङ जिल्ला र अन्नपूर्ण गाउँपालिकामा विद्युत् आपूर्ति बन्द भएको छ ।

यस्तै, म्याग्दी र मुस्ताङका १७६ मेगावाट क्षमताका छ जलविद्युत् आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा जोडिन नपाउँदा करोडौँको नोक्सानी भएको छ । विद्युत् अभावमा सञ्चार सेवा अवरुद्ध हुनुका साथै सर्वसाधारणको दैनिकीमा असर परेको छ ।

अन्नपूर्ण गाउँपालिकाको २, ३, ४ र ५ नम्बर वडा तथा मुस्ताङ जिल्लाभर कार्यक्षेत्र रहेको नेपाल विद्युत् प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख हेमराज चापागाईँले प्रसारण लाइनको समस्याले तत्काल दाना सबस्टेशनबाट विद्युत् आपूर्ति गराउन सम्भव नभएकाले वैकल्पिक लाइन सञ्चालनको तयारी गरेको जानकारी दिनुभयो ।

“दाना सबस्टेशनबाट तत्काल सम्भव नहुने भएकाले मिलनचोकदेखि दाना हँुदै मुस्ताङको कोवाङमा रहेको ३३ केभी प्रसारण लाइन मर्मत थालेका छौँ”, उहाँले भन्नुभयो, “ उक्त प्रसारण लाइनको म्याग्दी खण्डमा पनि धेरै ठाउँमा क्षति पुगेकाले मर्मतका लागि प्राधिकरणका कर्मचारीका साथै ठेकेदारमार्फत मजदुर परिचालन गरेका छाँै ।”

मुस्ताङको प्रसारण लाइन र वितरण लाइनमा समस्या नभएको स्थलगत निरीक्षण गरेर फर्कनुभएका चापागाईँले बताउनुभयो । तातोपानीदेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरसम्म ढलेका पोल गाड्ने, चुडिएका र लत्रिएका तार हटाएर नयाँ तान्ने काम सकिएको छ । घारमा एक वटा, राखुदेखि बेगखोला जोड्ने चारवटा प्रसारण लाइनको पोल ढलेका छन् ।

बेगखोला र तिप्ल्याङको बीचमा एक किलोमिटर ५०० मिटर दूरीमा पोल र तार पूरै कालीगण्डकीको बाढीले बगाएको छ । सडक यातायात सञ्चालन नभएकाले विद्युत् लाइन मर्मतका लागि सामग्री ढुवानीमा समस्या भएको छ ।

प्राधिकरणको प्रादेशिक कार्यालयबाट सामान ल्याएर बेनी हँुदै राखुसम्म सवारीसाधनमार्फत लैजाने र त्यहाँदेखि बेगखोला क्षेत्रमा भरिया लगाएर ढुवानी गरिएको छ । प्रसारण लाइन मर्मतको काम तीव्रगतिमा अगाडि बढाइएको वितरण केन्द्र प्रमुख चापागाईँले बताउनुभयो । रासस