१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न
अ अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको छ ।

कांग्रेस संस्थापन इतर समूहको केन्द्रीय निर्वाचन समितिका अनुसार आज भएको वडा अधिवेशनमा देशभरका ६ हजार ७४३ वडामध्ये ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको हो ।

समितिका संयोजक एकराज पोखरेलले कोशी प्रदेशमा एक हजार १५७ वडामध्ये ५७७, मधेस प्रदेशमा एक हजार २७१ मध्ये ४०२, बागमती प्रदेशमा एक हजार १२१ मध्ये ५६३ र गण्डकी प्रदेशमा ७६२ मध्ये ३६६ वडामा अधिवेशन सम्पन्न भएको जानकारी दिनुभयो ।

यसैगरी, लुम्बिनी प्रदेशका ९८३ वडामध्ये ५५०, कर्णाली प्रदेशका ७१५ मध्ये २७७ तथा सुदूरपश्चिम प्रदेशका ७३४ वडामध्ये ४५६ वडामा अधिवेशन सम्पन्न भएको संयोजक पोखरेलले बताउनुभयो ।

उहाँले बाँकी रहेका वडामा यही असोज १८ गतेसम्म अधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहेको बताउनुभयो ।

समितिका अनुसार रसुवा जिल्लामा बाढी–पहिरोका कारण हुन नसकेको वडा अधिवेशन तथा बागलुङमा पार्टी नेता मणिभद्र शर्मा कँडेलकी श्रीमतीको निधनका कारण रोकिएको अधिवेशन यही असोज १६ गते सम्पन्न गर्ने तयारी गरिएको छ । कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशन आगामी मङ्सिर २१ देखि २३ गतेसम्म हने तय भएको छ । रासस