१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति

सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल

सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल
अ अ+ अ-

काठमाडौं । सवारी साधन दर्ता प्रक्रियामा देखिएका समस्याका सम्बन्धमा काठमाडौं जिल्ला प्रशासन कार्यालय र नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) बीच छलफल भएको छ ।

नाडाका महासचिव मिलनबाबु मल्लको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेट गरी सवारी साधन दर्ताका क्रममा देखिएका समस्याबारे विस्तृत छलफल गरेको हो ।

छलफलका क्रममा महासचिव मल्लले चाडपर्वको समय नजिकिँदै जाँदा यातायात व्यवस्था कार्यालयहरूमा सवारी साधन दर्तासम्बन्धी कामको चाप बढेको, तर कार्यालयमा उपलब्ध जनशक्ति सीमित हुँदा सेवाग्राही तथा कम्पनीका प्रतिनिधिको काम समयमा सम्पन्न गर्न कठिनाइ भइरहेको बताउनुभयो ।

कम्पनीका प्रतिनिधिहरूले आवश्यक कागजात पेस गर्ने तथा सवारी साधन दर्तासम्बन्धी आवश्यक कार्यमा सहजीकरण गरिरहेको भए पनि कार्यालयको नियमित प्रक्रिया र कर्मचारीको कार्यचापका कारण काम सम्पन्न हुन अपेक्षाकृत बढी समय लाग्ने गरेको नाडाले जनाएको छ । समस्या तत्काल समाधान तथा समन्वयका लागि नाडाले प्रशासनसँग आग्रह गरेको छ ।

सोही क्रममा नाडाका सचिव तथा टू–ह्विलर समितिका सभापति मेघराज पौडेलले असोज ८ गते यातायात व्यवस्था कार्यालयका प्रमुख राजन पोखरेलसँग नाडाका प्रतिनिधिहरूले भेट गरी उक्त समस्याको समाधानका लागि छलफल गरिसकेको जानकारी दिनुभयो ।

छलफलकोमा प्रमुख जिल्ला अधिकारी पौडेलले सवारी साधन दर्तासम्बन्धी समस्या समाधानका लागि सम्बन्धित यातायात व्यवस्था कार्यालयहरूसँग आवश्यक छलफल तथा समन्वय गरिने बताउनुभयो ।

भेटवार्तामा नाडा केन्द्रीय कार्यसमिति सदस्य विमल साह, नाडा टू–ह्विलर समितिका सदस्य योगेन गुरुङ तथा दीपक रौनियारलगायतको सहभागिता रहेको थियो।