१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar बहसमा राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३–हानी तथा नोक्शानीको क्षति मापदण्ड र अभिलेखीकरण प्रणाली बनाउन सरोकारवालाको सुझाव News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित

धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु

धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु
अ अ+ अ-

काठमाडौं । धनुषामा बेग्लाबेग्लै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मिथिला नगरपालिका–३, लालभित्तिमा टिपर पल्टिँदा क्रसर उद्योग सञ्चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा औरही बाबा बालुवा प्रशोधन उद्योगका सञ्चालक ३६ वर्षीय हरि महतो रहो छन् । प्रदेश २–०२–००१ ख ०१७१ नम्बरको टिपरबाट बालुवा–गिट्टी ढुवानी गर्ने क्रममा पल्टिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । गम्भीर घाइते महतोलाई उपचारका लागि जानकी मेडिकल कलेज, रमदैया लिगिएको थियो ।

उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा टिपर चालक गणेशमान चारनाथ नगरपालिका–६, गोदारका ३० वर्षीय हरि विक घाइते भएका छन् । यसैबीच धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–९ औराहा टोलका ३२ वर्षीय श्रवण साहको करेन्ट लागेर मृत्यु भएको छ ।

पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा साहको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खनालका अनुसार साह छिमेकीको घरमा विद्युत् मर्मतको कार्य गर्ने क्रममा उनको करेन्ट लागेर मृयु भएको हो ।