काठमाडौँ । निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गर्नुभएको हो।
संवैधानिक व्यवस्थाअनुसार आयोगले आर्थिक वर्षमा सम्पादन गरेका काम, गतिविधि तथा निर्वाचनसम्बन्धी प्रगति समेटिएको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको हो।