१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस् News Polar रिजालको प्रश्न : ‘१७ मन्त्रालय घटाएर १२८ स्वकीय सचिव राख्नु सुशासनको कुन गणित हो ?’ News Polar मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बिमा र पूर्वसूचना प्रणाली विस्तार गरिँदैछ : मन्त्री चौधरी News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग News Polar शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस्

नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस्
अ अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारको पछिल्लो कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बाढी–पहिरो पीडितको राहत तथा पुनःस्थापनामा सरकार गम्भीर नभएको आरोप लगाउनुभएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक दुलालले प्रधानमन्त्रीले संसद्लाई जानकारी नदिई विदेश भ्रमण गरेको, प्राकृतिक विपत्तिका पीडितलाई राहत दिन ढिलाइ गरेको र सुशासनका नाममा केवल ‘स्टन्टबाजी’ गरेको आरोप लगाउनुभयो ।

प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा उठाएका विषय सकारात्मक भए पनि भ्रमणअघि र भ्रमणपछि संसद्लाई जानकारी नदिएर व्यवस्थापिकाको अपमान गरेको उहाँको भनाइ थियो ।

बाढी–पहिरोमा परी ज्यान गुमाएका तथा बेपत्ता नागरिकको अवस्थाप्रति सरकार उदासीन बनेको आरोप लगाउँदै दुलालले बेपत्ता नागरिकलाई तत्काल मृतकसरह कानुनी हैसियत प्रदान गर्न माग गर्नुभयो । पीडितलाई राहत र पुनःस्थापनाको कामलाई प्रभावकारी बनाउनुपर्ने उहाँले बताउनुभयो ।

राहत सामग्री गोदाममै थन्किएको र उपलब्ध रकमसमेत खर्च हुन नसकेको भन्दै उहाँले प्रशासनिक ढिलासुस्तीप्रति असन्तुष्टि जनाउनुभयो ।

भ्रष्टाचार नियन्त्रणको विषयमा दुलालले अघिल्लो सरकारका पालामा सुशासनको अभियान सुरु गरी ठूला भ्रष्टाचारका फाइल खोलिएकै कारण सरकार ढालिएको दाबी गर्नुभयो । सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईलाई पक्राउ गर्नसमेत उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

‘यदि सरकार साँच्चै भ्रष्टाचारीलाई कारबाही गर्न चाहन्छ भने बलिया आधारसहितका फाइलहरू खोलोस्, न कि स्टन्ट देखाएर जनतालाई भ्रममा राखोस्,’ उहाँले भन्नुभयो ।

पछिल्लो समय महँगी, बेरोजगारी तथा आधारभूत सेवासम्बन्धी समस्यामा सरकार मौन रहेको दुलालको आरोप थियो । रसुवा र कोरला लगायतका नाका बन्द हुँदा चाडपर्वको समयमा बजारमा सामान महँगिएको उल्लेख गर्दै उहाँले उच्चस्तरीय कूटनीतिक पहलमार्फत तत्काल नाका सञ्चालनमा ल्याउन माग गर्नुभयो ।

सरकारले सञ्चारमाध्यमलाई नियन्त्रण गर्न खोजेको र सांसदहरूको स्तर निर्धारण गर्ने जस्ता गतिविधिले प्रधानमन्त्रीको साख कमजोर बनाउने चेतावनीसमेत उहाँले दिनुभयो।