१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
अ अ+ अ-

तनहुँ। तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन हजार ३३४ क्युफिट काठ उत्पादन गरिएको छ ।

वन व्यवस्थापनका क्रममा साल, कटुस तथा चिलाउनेलगायत प्रजातिका रूख कटान गरी काठसँगै दाउरा पनि उत्पादन गरिएको हो ।

डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले जिल्लाका विभिन्न सामुदायिक वनमा वन व्यवस्थापन कार्यक्रम सञ्चालन गरी काठ तथा दाउरा उत्पादन गरिएको बताउनुभयो । वनको अवस्था, उमेर, घनत्व तथा व्यवस्थापन योजनाका आधारमा रूख हटाएर वनको पुनरुत्पादन र उत्पादकत्व कायम गर्ने उद्देश्यले व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।

रानाभाटका अनुसार शुक्लागण्डकी नगरपालिका-९ स्थित ढोरबाराही सामुदायिक वनबाट १३० क्युफिट सालको काठ र दुई दशमलव पाँच चट्टा दाउरा उत्पादन भएको छ । त्यस्तै, भानु नगरपालिका-७ स्थित थानीमाई सामुदायिक वनबाट ४३१ दशमलव २६ क्युफिट सालको काठ तथा दुई दशमलव ५५ चट्टा दाउरा उत्पादन गरिएको छ ।

ऋषिङ गाउँपालिका-४ स्थित गुम्लेक सामुदायिक वनबाट साल, कटुस र चिलाउने प्रजातिका गरी २०० क्युफिट काठ तथा दुई चट्टा दाउरा उत्पादन भएको छ । बन्दीपुर गाउँपालिका-१ स्थित छपेली सामुदायिक वनबाट ७० क्युफिट सालको काठ र छ चट्टा दाउरा उत्पादन गरिएको कार्यालयले जनाएको छ ।

यसैगरी, म्याग्दे गाउँपालिका-१ स्थित टुनीभञ्ज्याङ सामुदायिक वनबाट साल र चिलाउने प्रजातिका ५३५ क्युफिट काठ तथा तीन चट्टा दाउरा उत्पादन भएको छ । व्यास नगरपालिका-२, ३ र ४ मा पर्ने बाघभञ्ज्याङ सामुदायिक वनबाट ११८ क्युफिट सालको काठ र दुई चट्टा दाउरा उत्पादन गरिएको छ ।

घिरिङ गाउँपालिका-१ स्थित नीलकण्ठ सामुदायिक वनबाट १५० क्युफिट सालको काठ तथा एक दहमलव पाँच चट्टा दाउरा उत्पादन भएको छ । जिल्लामै सबैभन्दा बढी काठ देवघाट गाउँपालिका-५ स्थित साँढेबगर सामुदायिक वनबाट उत्पादन भएको छ । उक्त वनबाट एक हजार ७०० क्युफिट सालको काठ तथा तीन चट्टा दाउरा उत्पादन गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार यी सामुदायिक वनबाट उत्पादित काठको परिमाणमा साँढेबगर सामुदायिक वनको हिस्सा मात्रै आधाभन्दा बढी रहेको छ । वन व्यवस्थापनका क्रममा उत्पादित काठ तथा दाउरालाई प्रचलित कानुन तथा सामुदायिक वनको कार्ययोजनाअनुसार व्यवस्थापन तथा उपयोग गरिने जनाइएको छ ।

डिभिजन वन कार्यालयले वन व्यवस्थापनलाई केवल रूख कटानका रूपमा नभई वनको स्वास्थ्य सुधार, पुराना तथा रोगी रूख हटाउने, नयाँ बिरुवाको वृद्धि प्रवद्र्धन गर्ने र वनबाट प्राप्त स्रोतलाई स्थानीय उपभोक्ताको आवश्यकतासँग जोड्ने प्रक्रियाका रूपमा अघि बढाउँदै आएको जनाएको छ ।

वन व्यवस्थापनबाट प्राप्त काठ स्थानीय उपभोक्ताको घरायसी तथा आवश्यकताअनुसार उपयोग गर्न सकिने भएकाले यसले वन स्रोतको दिगो उपयोगमा सहयोग पुग्ने कार्यालय प्रमुख रानाभाटले बताउनुभयो । रासस