१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते

गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते
अ अ+ अ-

काठमाडौँ। गाजा सिटीको दक्षिण–पश्चिमी क्षेत्रस्थित तेल अल–हवामा भएको इजरायली हवाई आक्रमणमा परी चार प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ ।

उक्त घटनामा अन्य १० जना घाइते भएका छन् । स्थानीय सुरक्षा स्रोतकाअनुसार इजरायली ड्रोनले तेल अल–हवा छिमेकमा गुडिरहेको एउटा सवारी साधनलाई लक्षित गरी कम्तीमा एक मिसाइल प्रहार गरेको थियो ।

आक्रमणको प्रभावका कारण सवारी साधनमा रहेका र आसपासका सर्वसाधारण हताहत भएका हुन् । घटनालगत्तै उद्धारका लागि खटिएका टोलीले घाइतेहरूलाई तत्काल अस्पताल पु¥याएको थियो ।

अल–शिफा मेडिकल कम्प्लेक्सका चिकित्सकहरूले चार जनाको शव अस्पताल ल्याइएको र १० जना घाइतेको उपचार भइरहेको पुष्टि गरेका छन् ।

यद्यपि, इजरायली सैन्य बलले यस घटनाका सम्बन्धमा हालसम्म आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन । गाजा क्षेत्रमा जारी द्वन्द्वका कारण पछिल्लो समय सर्वसाधारणको जीवन जोखिममा परेको र यस्ता आक्रमणहरूले मानवीय संकट थप गहिरिएको मानव अधिकारवादी संस्थाहरूले जनाउँदै आएका छन् । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल