१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी?

प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी?
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सल्लाहकार समूह तथा स्वकीय सचिवालयमा २५ जना पदाधिकारी तथा कर्मचारी कार्यरत रहेको विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो आधिकारिक वेबसाइटमार्फत उनीहरूको नाम र जिम्मेवारी सार्वजनिक गरेको हो।

सार्वजनिक विवरणअनुसार प्रधानमन्त्रीको सल्लाहकार समूहमा मन्त्री र राज्यमन्त्रीसरहको सेवा सुविधा पाउने व्यक्तिहरू समेत छन्। कुमार ब्यञ्जनकार अवैतनिक मुख्य राजनीतिक सल्लाहकारका रूपमा रहेका छन् भने राजनीतिक सल्लाहकार असिम शाहले मन्त्रीसरहको तलब तथा सुविधा पाउने उल्लेख छ।

त्यस्तै, अवैतनिक स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदिशप्रसाद अग्रवाललाई पनि मन्त्रीसरहको सेवा सुविधा दिइएको छ। नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदिप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रले राज्यमन्त्रीसरहको सुविधा पाउने विवरणमा उल्लेख छ।

प्रधानमन्त्रीको स्वकीय सचिवालयको नेतृत्व प्रमुख स्वकीय सचिव सुवाष शर्माले गरेका छन्। उनी राजपत्रांकित विशिष्ट श्रेणीसरहको जिम्मेवारीमा छन्। स्वकीय सचिवमा नविन भण्डारी राजपत्रांकित प्रथम श्रेणीसरहको हैसियतमा रहेका छन्।

सहसचिवसरहको जिम्मेवारीमा विकास परियोजनातर्फ सञ्जिव पाण्डे, प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहाल, कार्यक्रम तथा भ्रमण संयोजक सन्तोष गिरी र सामाजिक विकास विज्ञ विश्व राई रहेका छन्।

त्यस्तै, उपसचिवसरहको जिम्मेवारी प्रकृति ढकाल, विशाल अधिकारी र विनय शाक्यले सम्हालेका छन्। नागरिक उड्डयनतर्फ सुमन गौतम र भाषा तथा मस्यौदातर्फ रवि किरण अधिकारी सहायक विज्ञका रूपमा कार्यरत छन्।

सचिवालयमा प्रेस सहजकर्ताका रूपमा सुरेन्द्र बजगाई, ग्राफिक्स डिजाइनमा रोशन तामाङ, अनुसन्धान अधिकृत हेम नारायणदास चौधरी र भिडियोग्राफर अमृत पाण्डेसहित बेदानन्द जोशी, अनुप थापा मगर, ऋषी थापा, राज कुमार गौतम र बेनिस कार्की कार्यरत रहेको विवरणमा उल्लेख छ।

https://opmcm.gov.np/pages/honorable-pramjee-s-advisor-and-other-appointed-officials-27/