काठमाडाैँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि काठमाडौंको खुलामञ्चमा मञ्चसहित आवश्यक संरचना निर्माणको काम तीव्र पारिएको छ। संस्थापन पक्षले आगामी १८ असोजमा खुलामञ्चबाट महाधिवेशन उद्घाटन गर्ने तयारी गरेको छ।
महाधिवेशनको उद्घाटन यसअघि शुक्रबार गर्ने तयारी थियो। तर अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पार्टीको निर्वाचन प्रक्रिया प्रभावित भएपछि उद्घाटन कार्यक्रम दुई दिन पछाडि सारिएको हो।
महाधिवेशन उद्घाटनका लागि खुलामञ्चमा मञ्च निर्माणसँगै आवश्यक भौतिक संरचना तयार पार्ने काम भइरहेको कांग्रेसले जनाएको छ।









