६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र अष्ट्रेलियाको खेलअघि सेन्ट लुसियामा भीषण वर्षा



अ+ अ-

एजेन्सी । टी–२० विश्वकपमा आज भारत र अष्ट्रेलिया भिड्दैछन् । अस्ट्रेलियाका लागि यो खेल गर या मर भन्दा कम छैन । तर, यसअघि अष्ट्रेलियाका फ्यानका लागि एउटा नराम्रो खबर आएको छ ।

वास्तवमा भारत र अष्ट्रेलियाबीचको खेल सेन्ट लुसियामा हुन लागेको र यहाँ हिजो (आइतबार) देखि पानी परिरहेको छ । खेल सुरु हुनुभन्दा ५ घण्टा अगाडि भारी वर्षाको भिडियो आएको छ ।

सेन्ट लुसियाबाट आइतवारदेखि नै वर्षाको भिडियो बाहिर आइरहेको छ र अहिले खेल सुरु हुनुभन्दा पाँच घण्टा अगाडि नै त्यहाँ भारी वर्षा भइरहेको छ, त्यसलाई हेर्दा भारत र अष्ट्रेलियाबीचको खेल टस बिना नै रद्द हुन सक्ने देखिन्छ । यो खेल रद्द भएमा अष्ट्रेलियाको सेमिफाइनलको आशालाई ठूलो धक्का लाग्नेछ ।

भारत र अस्ट्रेलियाबीचको खेल वर्षाका कारण रद्द भएमा भारत सेमिफाइनलमा पुग्नेछ । कङ्गारु टोलीले अफगानिस्तानविरुद्ध बंगलादेशको जितको लागि प्रार्थना गर्नुपर्नेछ । अफगानिस्तानले बंगलादेशलाई हराएमा अफगानिस्तान सेमिफाइनल पुग्ने छ ।

भारतले सुपर–८ मा आफ्नो सुरुवाती दुवै खेल जितेको छ । भारतले पहिलो खेलमा अफगानिस्तान र दोस्रो खेलमा बंगलादेशलाई हराएपछि सेमिफाइनल पुग्ने लगभग पक्का भएको छ । अब अस्ट्रेलियाविरुद्धको खेल रद्द भएमा दुवै टोलीले एक–एक अंक पाउनेछन् । यस्तो अवस्थामा भारतीय टोली पाँच अंकसहित सेमिफाइनलमा प्रवेश गर्नेछ ।