२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा

एनसेलद्वारा ‘फाइभजी भिजन’मा आधारित ‘सधैँ अन’ योजना सार्वजनिक

एनसेलद्वारा ‘फाइभजी भिजन’मा आधारित ‘सधैँ अन’ योजना सार्वजनिक
अ अ+ अ-

काठमाडौँ । निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले ‘फाइभजी भिजन’मा आधारित एनसेल ‘सधैँ अन’ योजना सार्वजनिक गरेको । सेवाग्राहीलाई सधैँ इन्टरनेटको पहुँचमा राख्ने उद्देश्यले कम्पनीले सो योजना ल्याएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ)जाब्बोर कायुमोभले नेपाली ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य मुलुकसरह बनाउँदै डिजिटलाइजेसनमा योगदान पुगोस् भन्ने उद्देश्यले नयाँ योजना सार्वजनिक गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “उपभोक्ताका आवश्यकता परिवर्तन हुँदैछन्, । धेरै मोबाइल फोन प्रयोगकर्ताले आफ्ना दैनिक कार्यहरु किनमेल, यात्रा, बैंकिङ कारोबारलगायत अनलाइनबाटै गर्ने भएकाले सधैँ इन्टरनेटमा पहुँच पुगोस् भनेर योजना ल्याएका हौँ ।”

योजनाको मुख्य उद्देश्य नेपाली सेवाग्राहीलाई ‘फाइभजी’का लागि तयार पार्नु रहेको सिइओ कायुमोभले बताउनुभयो । “फाइभजी ताररहित प्रविधिको भविष्य हो । यसले व्यवसाय र अर्थतन्त्रले कसरी काम गर्छ भनेर क्रान्तिकारी परिवर्तन गर्नेछ । ६० भन्दा बढी देशमा यो प्रविधि पहिले नै आइसकेको छ । भारतपछि नेपाल व्यावसायिक रुपमा फाइभजी सञ्चालनमा ल्याउने दक्षिण एसियाको दोस्रो मुलुक बनोस्”, एनसेलको विज्ञप्तिमा भनिएको छ ।

फाइभजीको केवल द्रुत इन्टरनेट मात्र नभई अत्याधुनिक प्रविधिको परिचय गराउने क्षमता रहेको भन्दै यसले कृषि, स्वास्थ्य शिक्षा, पर्यटनलगायत क्षेत्रहरुको विकासमा महत्वपूर्ण प्रभाव पार्ने जनाइएको छ । योसँगै सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई मार्ग प्रशस्त गर्ने कम्पनीले जनाएको छ । मोबाइल ब्रोडब्याण्ड स्पीडमा नेपाल अहिले विश्वको १०९ औँ स्थानमा रहेको छ ।

‘सधैँ अन’ योजना अन्तर्गत कम्पनीले बेसिक, बेस्ट र अनलिमिटेड गरी तीन समूहमा आठ वटा विभिन्न योजना सञ्चालनमा ल्याएको छ । “सात दिनको समयसिमा रहेको रु ९८ बाट सुरु हुने योजनादेखि २८ दिन समयावधि रहेको रु १४९९ पर्नेसम्मको विभिन्न योजना छन् । ‘सधैँ अन’ योजना लिने ग्राहकले सामाजिक सञ्जाल प्रयोगका लागि निःशुल्का डेटा पनि प्राप्त गर्नेछन्”, कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस