२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन् २०१९ मा आउने बहुप्रतिक्षित स्मार्टफोनहरु



अ+ अ-

नयाँ वर्ष सन् २०१९ सुरु भइसकेको छ र यो वर्ष पनि विश्वका चर्चित स्मार्टफोन कम्पनीहरुले आफ्ना नयाँ प्रडक्ट सार्वज्निक गर्ने तयारीमा जुटिसकेका छन् ।

यसको अर्थ स्मार्टफोन प्रयोगकर्ताहरुले यो वर्ष पनि स्मार्टफोन उद्योगमा नयाँ प्रविधि, अन्वेषण तथा फिचरहरु देख्न पाउनेछन् ।

यो वर्ष बजारमा आउने उल्लेखनीय स्मार्टफोन यी हुनेछन्ः

· सामसुङको ग्यालेक्सी एस १० प्लस स्मार्टफोन आगामी फेब्रुअरीमा हुने मोबाइल वल्र्ड कंग्रेसका आसपासमा सार्वजनिक हुने अनुमान गरिएको छ ।

· त्यस्तै सामसुङले आफ्नो ग्यालेक्सी नोट १० स्मार्टफोन पनि यो वर्ष सार्वजनिक गर्नेछ । आगामी अगष्टमा सामसुङले यो फ्याब्लेट सार्वजनिक गर्नेछ ।

· गुगल पिक्सेल फोरस् गुगलले आगामी अक्टोबरमा आफ्नो फ्लागसीप स्मार्टफोन पिक्सेल फोर बजारमा ल्याउने योजना बनाएको छ ।

· नोकिया नाइनस् नोकियाको नोकिया नाइन स्मार्टफोन मार्च महिनामा लञ्च हुने अपेक्षा गरिएको छ । नोकिया नाइनको मुख्य विशेषता भनेको यसको पछाडिको भागमा ५ वटा क्यामरा हुनेछन् भने अगाडि एउटा सेल्फी क्यामेरा ।

· सामसुङले आगामी मार्चमा पहिलोपटक फोल्डेबल स्क्रिन भएको स्मार्टफोन सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । उक्त स्मार्टफोनको नाम ग्यालेक्सी एक्स रहन सक्ने अड्कल काटिएको छ ।

· चिनिया कम्पनी शाओमी आफ्नो रेडमी नोट सेभेन प्रो स्मार्टफोन यो वर्ष ल्याउनेछ ।

· पछिल्लो समय चर्चा र विवादमा रहेको चिनिया कम्पनी हुवावेले यो वर्ष पी ३० प्रो स्मार्टफोन ल्याउनेछ ।

· वन प्लसले आफ्नो पहिलो फाइभ जी टेक्नोलोजीमा आधारित स्मार्टफोन यो वर्ष ल्याउनेछ ।

· एलजीले यो वर्ष एलजी जी एट थिन क्यू स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । आगामी जून महिनामा यो स्मार्टफोन बजारमा आउनेछ ।

· हुवावेले पनि आफ्नो पहिलो फोल्डेबल डिस्प्ले भएको स्मार्टफोन यो वर्ष ल्याउने अपेक्षा गरिएको छ ।

एजेन्सी




भर्खरै